बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५० पैसा र बिक्रीदर १३७ रुपियाँ १० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १४७ रुपियाँ ४१ पैसा र बिक्रीदर १४८ रुपियाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रुपियाँ ६६ पैसा र बिक्रीदर १७७ रुपियाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ४२ पैसा र बिक्रीदर १५५ रुपियाँ १० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ०८ पैसा र बिक्रीदर ८६ रुपियाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ३० पैसा र बिक्रीदर ९५ रुपियाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ६३ पैसा र बिक्रीदर १०२ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ १५ पैसा र बिक्रीदर नौ रुपियाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७८ पैसा र बिक्रीदर १८ रुपियाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६१ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९९ पैसा र बिक्रीदर चार रुपियाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १६ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६५ पैसा र बिक्रीदर ३० रुपियाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७० पैसा र बिक्रीदर १३ रुपियाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ७६ पैसा र बिक्रीदर १९ रुपियाँ ८५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५४ पैसा र बिक्रीदर १७ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपियाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ०९ पैसा र बिक्रीदर ३६३ रुपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ५७ पैसा र बिक्रीदर ३५६ रुपियाँ १३ पैसा तोकेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा कायम भएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ३९ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा