चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा « Khabarhub

चिमखोलाको भूमेपूजाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको भूमेपूजा आन्तरिक पर्यटन प्रवर्द्धनको माध्यम बनेको छ ।

परम्परागत रूपमा हुँदै आएको भूमेपूजामा गरिने सांस्कृतिक उत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएकाे स्थानीयको बुझाइ छ ।

मगर समुदाय बाहुल्य क्षेत्रमा प्रकृतिपूजाका रूपमा भूमेपूजा गरिने भए पनि चिमखोलामा यस अवसरमा अनौठा र मौलिक संस्कृतिको प्रस्तुति राख्ने गरिन्छ । त्यसमा स्थानीयवासीका साथै आन्तरिक पर्यटकहरू रमाउन गरेका स्थानीय याम रोकाले बताए ।

यस वर्ष पनि मङ्गलबार विधिपूर्वक भूमे र स्थानीय शक्तिपीठका रूपमा परिचित मण्डली बजैको पूजा गरियो र बुधबार गाउँको सांस्कृतिक चिनारीलाई प्रस्तुत गरिएको उनले बताए । यहाँ हरेक वर्षको चैत महिनामा पर्ने उजेली मङ्गलबारको दिनमा भूमेपूजा गर्ने प्रचलन छ । भूमे देवतालाई खुसी बनाउन यहाँ भूमेपूजामा मोसो, छ्याङका छोक्रा एकापसमा दलेर नाचगान गर्ने अनौठो प्रचलन छ ।

गाउँको सेवाङमा रहेको भूमेथानमा स्थानीयवासी, देशविदेशबाट आएका चिमखोलावासीसँगै छिमेकी गाउँबाट पुगेका पाँच सयभन्दा बढीले यसपटक भूमेपूजा गरेको वडाअध्यक्ष थकप्रसाद पाइजाले बताए ।

भूमेपूजा यहाँको सांस्कृतिक चिनारी नै बनेको छ । छ्याङलाई भूमेपूजामा मुख्य प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ भने भूमे थानमा पूजा गरेपछि मोसो र छ्याङको छोक्रा दलेर बाजागाजासँगै नाचगान गर्दै खुसियाली मनाउने चलन रहेको छ । यसलाई यहाँ पुग्ने आन्तरिक पर्यटकहरूले अनौठो संस्कृतिका रूपमा लिने गरेका छन् ।

प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् र खेतीबाली राम्रो होस् भन्ने कामनाले भूमेपूजा गर्ने प्रचलन रहेको स्थानीयवासी बताउँछन् ।

भूमेपूजाको भोलिपल्ट गाउँमा सांस्कृतिक उत्सव हुनेगर्छ । भूमेपूजाका अवसरमा टोपानाच प्रदर्शन गरिन्छ । छेमाहरूले टोपानाच प्रदर्शन गरेका हुन् भने सरमाजाले, जुरेचल्ला, दुलहादुलहीको कलस जुधाउने नाचसँगै पुख्र्यौली र थालीनाचलगायतका मौलिक कला र संस्कृति प्रदर्शन गर्ने गरिएको चिमखोलाका वडाअध्यक्ष पाइजाले जानकारी दिए ।

यस पटक भूमेपूजाका अवसरमा चिमखोलामा स्थानीय मण्डली युवा क्लबको आयोजनामा विविध खेलकुद तथा सांस्कृतिक मेला सुरु भएको छ । भूमेपूजा र मेलामा रमाउनका लागि जिल्लाका विभिन्न ठाउँका युवायुवतीसँगै देशविदेशमा छरिएकाहरू चिमखोलामा पुगेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : १४ बजे

पाल्पामा ६० क्वीन्टल अवैध युरिया मल बरामद

पाल्पा – साठी क्वीन्टल अवैध युरिया मल बरामद भएको छ

प्रधानमन्त्री र श्रीलंकाली समकक्षीबीच ४ मिनेट टेलिफोन वार्ता

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाली समकक्षी डा हरिणी अमरसुरियाबीच

जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा, राष्ट्रप्रमुखको २७ वर्षपछि पहिलो राजकीय भ्रमण

लण्डन – जर्मनीका राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयरले जर्मनीको राष्ट्रप्रमुखको रूपमा २७

सिजीले हार्यो केवाइसीको मुद्दा, नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो

काठमाडौं – उच्च अदालत पाटनले सिजी मोटर्स प्रालिद्वारा दायर रिट

एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

काठमाडौं – लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर