नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा « Khabarhub

नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता अन्तिम चरणमा


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ ।

एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जनसवाललाई सशक्त रूपमा उठाउनेगरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् ।

दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्वतहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् ।

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रूप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्नेगरी संवादमा भइरहेको बताए । नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव चिन्ह टुङ्गो लागिसकेको उनको भनाइ छ । उनले अहिले पार्टीको विधान लेख्ने काम भइरहेको र पार्टीको पदाधिकारी टुङ्ग्याउन मात्र बाँकी रहेको बताए ।

संयोजक खानका अनुसार वैशाखको पहिलो सातामा आ–आफ्नो केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिने र दोस्रो साता पार्टी एकीकरणको घोषणा गरिनेछ । पार्टी एकीकरणका लागि दुई महिनायता नेताहरूले कसरत गरिरहेका छन् । दुवै दलले कार्यदल गठन गरेपछि यो प्रक्रियाले तिव्रता पाएको छ ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी एकीकरण प्रक्रियालाई चाँडै टुङ्ग्याउनेगरी छलफल भइरहेको जानकारी दिइन् । उनले कार्यदल तहमा छलफल भइरहेको र कार्यदलको निचोडलाई अन्तिम रूप दिइने बताइन् ।

जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले पनि पार्टी एकीकरण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताए ।

प्रारम्भिक समझदारीअनुसार पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको जनाइएको छ । एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत र सहअध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकी  अध्यक्ष रञ्जिता श्रेष्ठ रहने नेताहरूले बताएका छन् ।

जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरणका लागि गत फागुनको तेस्रो साता कार्यदल गठन गरेको थियो भने नागरिक उन्मुक्ति पार्टीले हालै कार्यदल बनाएको छ । जनमत पार्टीका तर्फबाट गठित कार्यदलमा उपाध्यक्ष खानको संयोजकत्वमा पार्टी प्रवक्ता डा. यादव र बाल गोविन्द चौधरी सदस्य छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट नेता गङ्गाराम चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा सुनिता चौधरी र रामलाल डगौरा थारू सदस्य छन् ।

२०७५ सालमा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएका थिए । हाल संसदमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : ३१ बजे

एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानलाई ट्रम्पको चेतावनी- तत्काल सहमति नभए अस्तित्व नै खतरामा छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै युद्ध

विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल

कांग्रेसको बृहत्तर एकताका लागि ‘दश बुँदे सूत्र’ जारी

कर्णाली – नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले कांग्रेसको बृहत्तर एकता