काठमाडौंमा वायु प्रदूषण विश्वको दोस्रो नम्बरमा, मौसमविद् भन्छन्– आकाश खुल्न केही दिन लाग्छ « Khabarhub

काठमाडौंमा वायु प्रदूषण विश्वको दोस्रो नम्बरमा, मौसमविद् भन्छन्– आकाश खुल्न केही दिन लाग्छ


२० चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा केही दिनदेखि वायु प्रदूषण उच्च रहेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) ३७५ रहेको छ । जसलाई खतरनाक अवस्था मानिन्छ ।

विश्वका प्रदूषित शहरमध्ये पहिलो नम्बरमा रहेको इराकको बग्दादमा एक्यूआई ६४७ रहेको छ । नेपालपछि रहेको दिल्लीको एक्यूआई १९९ छ ।

मौसमविद् बिनु महर्जनले विगत केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौं उपत्यकामा डम्म लागेको बादल फाट्न अझै केही दिन लाग्ने बताइन् ।

शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्दै जाने उनको भनाइ छ । 

उनका अनुसार हाल काठमाडौं उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको छ । 

उनले बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको उल्लेख गर्दै भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन् ।

 

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ९ : ०४ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली