कुलमान र हितेन्द्रदेवको रिटमा आज पनि सुनुवाइ हुँदै  « Khabarhub

कुलमान र हितेन्द्रदेवको रिटमा आज पनि सुनुवाइ हुँदै 


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदैछ । 

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको संयुक्त सुनुवाइ आज पनि हुने भएको हो ।

गत मंगलबारदेखि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा जारी बहस हिजो पनि नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो ।

घिसिङले आफ्नो पदावधि बाँकी रहँदै सरकारले पदबाट हटाएको जिकिर गर्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन् । 
यस्तै, शाक्यले चार वर्षअघि आफूलाई हटाएर घिसिङलाई गरिएको नियुक्ति नै गलत भएको दाबी गरेका छन् । उनले आफूले उक्त नियुक्तिविरुद्ध दायर गरेको रिटमा पहिले सुनुवाइ नभइ घिसिङको रिट अघि नबढाउन माग गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १० : ०७ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र