प्रदेश र स्थानीय सरकारले पाउने राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदान तोकियो, कसलाई कति ? « Khabarhub

प्रदेश र स्थानीय सरकारले पाउने राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदान तोकियो, कसलाई कति ?


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष (आव) ०८२–८३ का लागि प्रदेश र स्थानीय सरकारले पाउने राजस्व बाँडफाँड र वित्तीय समानीकरण अनुदानको अनुमानित रकम तोकेको छ ।

अर्थ मन्त्रालयले आगामी आवमा राजस्व बाँडफाँड अन्तर्गत ७ वटा प्रदेश सरकारहरूले ७८ अर्ब ८ करोड ५० लाख र सबै स्थानीय सरकारहरूले ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।

त्यस्तै, मन्त्रालयको सूचनाअनुसार वित्तीय समानीकरण अनुदानतर्फ आगामी आवमा ७ वटै प्रदेश सरकारले ६० अर्ब ६६ करोड र सबै स्थानीय सरकारहरूलाई ८८ अर्ब ९६ करोड ८० लाख प्राप्त गर्ने अनुमान गरिएको छ ।

राजस्व बाँडफाँड अन्तर्गत सङ्घीय सरकारको तर्फबाट आगामी आवमा कोशी प्रदेशले सबैभन्दा धेरै १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

त्यस्तै, मधेश प्रदेशले १२ अर्ब ३५ करोड ५४ लाख, लुम्बिनीले ११ अर्ब ८६ करोड ५६ लाख, बागमतीले ११ अर्ब ५२ करोड ८४ लाख, कर्णालीले १० अर्ब २७ करोड ३० लाख ९ अर्ब ७९ करोड ११ लाख र सुदूरपश्चिम प्रदेशले ९ अर्ब ८७ करोड २५ लाख रुपैयाँ राजस्व बाँडफाँड अन्तर्गत प्राप्त गर्ने भएका छन् ।

वित्तीय समानीकरण प्रदेश र स्थानीय सरकारले सङ्घीय सरकारको तर्फबाट प्राप्त गर्ने अनुदान तीनवटा विभिन्न शीर्षक न्यूनतम, सूत्रमा आधारित र कार्यसम्पादनमा आधारित रहेको अनुमान गरिएको छ ।

वित्तीय समानीकरण अनुदान अन्तर्गत सङ्घीय सरकारको तर्फबाट आगामी आवमा सबैभन्दा धेरै कर्णाली प्रदेशले रकम प्राप्त गर्ने भएको छ । कर्णाली प्रदेशले आगामी आवमा १० अर्ब ५६ करोड ४ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ ।

त्यस्तै, कोशी प्रदेशले ८ अर्ब ९८ करोड ३४ लाख, सुदूरपश्चिम प्रदेशले ८ अर्ब ९२ करोड ५६ लाख, लुम्बिनी प्रदेशले ८ अर्ब ४४ करोड ४४ लाख, बागमती प्रदेशले ८ अर्ब २८ करोड ५४ लाख, गण्डकी प्रदेशले ७ अर्ब ७३ करोड ८९ लाख र मधेश प्रदेशले ७ अर्ब ७२ करोड १९ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएका छन् ।

यस्तो छ, आगामी आवमा प्रदेश सरकार र स्थानीय सरकारले राजस्व बाँडफाँड र वित्तीय समानीकरण बापत प्राप्त गर्ने रकमः

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ११ : २५ बजे

सातै प्रदेशमा कृषि गणना गरिँदै

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर

हर्मुज जलडमरूमध्यमा अमेरिकी युद्धपोतलाई लक्षित गरी इरानले हान्यो दुई क्षेप्यास्त्र

तेहरान- इरानले अमेरिकी युद्धपोतलाई लक्षित गरी हर्मुज जलडमरुमध्यमा दुई क्षेप्यास्त्र

नेप्से परिसूचक ३४ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ३४ दशमलव ६३ अंकले घटेर

फिलिपिन्स : मेयनको खरानीले गाउँहरू खाली

मनिला- फिलिपिन्सको प्रसिद्ध तर जोखिमपूर्ण मेयन ज्वालामुखीबाट एक्कासि खसेको बाक्लो

अर्थतन्त्रको विकास र रूपान्तरणमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रको विकास र रूपान्तरणमा