प्रमुख प्रशासकीय अधिकृत छेक्न बालेनले उतारे नगर प्रहरी « Khabarhub

प्रमुख प्रशासकीय अधिकृत छेक्न बालेनले उतारे नगर प्रहरी


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर हुन नदिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कमलादीस्थित कार्यालयमा नगर प्रहरी उतारेका छन् ।

तीन महिनापछि हाजिर हुन आउन लागेका उनलाई कुनै हालतमा छेक्ने योजनासहित बालेनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको ठूलो टोली पार्किङ एरियाको गेटमा तैनाथ गरेका हुन् ।

काठमाडौं वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र कक्षपतिले तीन महिनादेखि कर्मचारीले तलब खान नपाएर समस्यामा परेकाले प्रमुख प्रशाकीय अधिकृतलाई हाजिर गराउने पक्षमा आफूहरू रहेको बताएका छन् ।

अहिले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन महानगरका प्रवक्तामेत रहेका वडाअध्यक्ष नवीन मानन्धर, अर्का वडाअध्यक्ष कक्षपति र काठमाडौं २२ का वडाअध्यक्ष चिनिकाजी महर्जनसहितका जनप्रतिनिधि कमलादीस्थित कार्यालयमा पुगिसकेका छन ।

जम्मा भएका वडाअध्यक्षहरूले महानगर जनप्रतिनिधि मातहत हुनुपर्नेमा नगर प्रहरीले चलाएको भन्दै आक्रोश पोखिएको छ।

उता बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले चढ्ने गाडीमै पनि नगर प्रहरी लगाएर ह्वील लक गराइदिएका छन्।

तस्बिहरहरू : रमेश पौडेल

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ११ : ३४ बजे

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको