बालेनले गरिदिए प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक « Khabarhub

बालेनले गरिदिए प्रमुख प्रशासकीय अधिकृतको गाडीमा ह्वील लक


२० चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- करिब तीन महिनापछि हाजिर हुन आउने भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रमुख प्रशासकीय अधिकृत सन्तोष गुरागाईंको गाडीमा ह्वील लक गरिदिएका छन् ।

गुरागाईंलाई कुनै हालतमा हाजिर गराउने अडान वडाध्यक्ष र कर्मचारीहरूले लिएपछि बालेनले नगर प्रहरी लगाएर पार्किङ गरेकै ठाउँमा ह्वील लक गरिदिएका हुन् ।

गुरागाईं सवार हुने गाडी कमलादीस्थित पार्किङस्थलमै थियो। त्यहीँ उक्त गाडीमा बालेनले नगर प्रहरी लगाएर ह्विल लक गरिदिएका हुन् ।

बालेनले गुरागाईंलाई रोक्न राजुनाथ पाण्ड नेतृत्वको नगरप्रहरी कमलादीस्थित कार्यालयको गेटमा तैनाथ गराएका छन् ।

तीन महिनादेखि तलब नपाएका कर्मचारी भने कुनै हालतमा गुरागाईंलाई हाजिर गराउने पक्षमा छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ११ : ५१ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी