मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान « Khabarhub

मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको विवाद नयाँ चरणमा प्रवेश गरेको छ।

तीन महिनादेखि तलब खान नपाएका कर्मचारीहरूको जोडबलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय छिराएपछि विवादले नयाँ रुप लिएको हो।

काठमाडौं टावरको भवन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित गुरागाईंको कार्यक्षकमा करिब ४ महिनाअघि मेयर बालेन्द्र साहले ताला लगाउन लगाएका थिए ।

त्यसपछि संघीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई निलम्बन गरिएको भन्दै बालेन्द्रले काममा रोक लगाउका थिए ।

काममा रोक लगाएपछि बालेन्द्र र संघीय सरकारबीच द्वन्द्व चर्किरहँदा कर्मचारीले तलब खान नपाएको तीन महिना भइसकेको छ।

यस्तो अवस्थामा बिहीबार कर्मचारी र वडाध्यक्षहरूको जोडबलमा गुरागाईंलाई कार्यालय छिराइएको हो । यद्यपि उनले आफ्नो कार्यकक्षमा छिर्न पाएका छैनन् ।

मेयर बालेन्द्र साहको सचिवालयले लगाइदिएको ताला खोलिएको छैन । ढोकाको शिशा फुटाइए पनि मेयर बालेन्द्र ताला लगेपछि गुरागाईं अहिले कार्यापालिका सदस्यहरूको कार्यकक्षमा छन् ।

त्यहाँ अहिले कार्यपालिका सदस्यहरूको बैठक बसिरहेको छ । तर एकजना कार्यपालिका सदस्यका अनुसार कुनै निर्णय भएको छैन

कार्यपालिका सदस्य र उपमेयर सुनिता डंगोलले गुरागाईंको कार्यकक्षमा लगाइएको ताला खोल्न नगर प्रहरी प्रमुख राजु पाण्डेलाई भने पनि उनले अटेर गरेका छन् ।

उक्त ताला खोल्न मेयरको आदेश चाहिने भन्दै उनले ताला खोल्न नमानेका हुन् । ‘मेयरको आदेश नआएसम्म ताला खोल्न मिल्दै’, उनले भने ।

कार्यपालिका बैठक सबे पनि आधिकारिक कुनै निर्णय नगरेको ती कार्यपालिका सदस्यले खबरहबलाई बताएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : ३७ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि