मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान « Khabarhub

मेयर बालेन्द्रको आदेश नआएसम्म गुरागाईंको कार्यक्षको ताला नखोल्ने राजुनाथको अडान


२० चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको विवाद नयाँ चरणमा प्रवेश गरेको छ।

तीन महिनादेखि तलब खान नपाएका कर्मचारीहरूको जोडबलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय छिराएपछि विवादले नयाँ रुप लिएको हो।

काठमाडौं टावरको भवन बनाउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित गुरागाईंको कार्यक्षकमा करिब ४ महिनाअघि मेयर बालेन्द्र साहले ताला लगाउन लगाएका थिए ।

त्यसपछि संघीय सरकारले खटाएका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई निलम्बन गरिएको भन्दै बालेन्द्रले काममा रोक लगाउका थिए ।

काममा रोक लगाएपछि बालेन्द्र र संघीय सरकारबीच द्वन्द्व चर्किरहँदा कर्मचारीले तलब खान नपाएको तीन महिना भइसकेको छ।

यस्तो अवस्थामा बिहीबार कर्मचारी र वडाध्यक्षहरूको जोडबलमा गुरागाईंलाई कार्यालय छिराइएको हो । यद्यपि उनले आफ्नो कार्यकक्षमा छिर्न पाएका छैनन् ।

मेयर बालेन्द्र साहको सचिवालयले लगाइदिएको ताला खोलिएको छैन । ढोकाको शिशा फुटाइए पनि मेयर बालेन्द्र ताला लगेपछि गुरागाईं अहिले कार्यापालिका सदस्यहरूको कार्यकक्षमा छन् ।

त्यहाँ अहिले कार्यपालिका सदस्यहरूको बैठक बसिरहेको छ । तर एकजना कार्यपालिका सदस्यका अनुसार कुनै निर्णय भएको छैन

कार्यपालिका सदस्य र उपमेयर सुनिता डंगोलले गुरागाईंको कार्यकक्षमा लगाइएको ताला खोल्न नगर प्रहरी प्रमुख राजु पाण्डेलाई भने पनि उनले अटेर गरेका छन् ।

उक्त ताला खोल्न मेयरको आदेश चाहिने भन्दै उनले ताला खोल्न नमानेका हुन् । ‘मेयरको आदेश नआएसम्म ताला खोल्न मिल्दै’, उनले भने ।

कार्यपालिका बैठक सबे पनि आधिकारिक कुनै निर्णय नगरेको ती कार्यपालिका सदस्यले खबरहबलाई बताएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  १२ : ३७ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी