बालेनलाई सुनिताको चुनौती : कोठामा बसेर होइन यहाँ आएर समाधान खोजौँ | Khabarhub Khabarhub

बालेनलाई सुनिताको चुनौती : कोठामा बसेर होइन यहाँ आएर समाधान खोजौँ

बालेनको अवरोध तोड्दै तीन महिनापछि गुरागाईँ महानगरपालिमा 


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले ठ्याक्कै तीन महिना १४ दिनपछि आज कार्यालय पुगेका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै आज भन्दा ठिक एक महिना अघि पत्र पठाएको थियो । 

पत्र पठाएको ठ्याक्कै एक महिनापछि आज गुरागाईँ महानगरपालिका पुगेका हुन् । उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारी पनि उनी कार्यालय पुग्दासँगै रहेका छन् । 

मेयर बालेन साहले उनलाई अवरोध गर्न नगर प्रहरी परिचालन गरे पनि नगर प्रहरीको अवरोध छिचोल्दै कार्यालय प्रवेश गरेका हुन् । 

कार्यालय प्रवेश गरेपछि पनि उनी कार्यकक्षमा प्रवेश गर्न खोज्दा मेयर बालेन साहले कार्यकक्षमै चाबी लगाएर बेपत्ता भएका थिए । 

गुरागाईँले कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्षहरू सबैले बैठक बसेका थिए । 

अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरिन् । कसैको मनमुटाब होला जनप्रतिनिधि भएकाले हामी आम नागरिकको सेवामा तल्लीन हुनुपर्छ ।  

उनले हरेक घटनाक्रम आफूहरू जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिइन् । 

‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा यो झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन ।’ 

उनले यस्तो मनमुटाब संस्थाभित्र हुनुहुँदैन भन्दै प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको भन्दै अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उल्लेख गरिन्  । 

उनले भनिन्, ‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन ।’ 

उनले महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्छ भनिन् ।  

‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’, उनले भनिन् ।

प्रवक्ता नविन मानन्धरलगायत सबै वडाध्यक्षले पनि मेयर साहको चर्को आलोचना गरेका थिए ।  

नगर प्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा उनले गोलमटोल जवाफ दिएका थिए । उपप्रमुख डंगोलले र्‍याखर्‍याख पारेपछि पाण्डेले मेयरको मौखिक आदेशमा लगाएको बताएका थिए ।   

कार्यकारी अधिकृत कार्यालय प्रवेश गरेर कार्यकक्षमा पस्न खोजे पनि मेयर साहले उनको कार्य कक्षमा ताल लगाएर चाबी आफैँ बोकेर बेपत्ता भएका कारण केही बेर प्रमुख प्रशासकीय अधिकृत बाहिरै बसेका थिए । 

मेयर बालेन साहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर  कर्मचारीहरूको नियमित तलब समेत रोक्का गरिदिएको भन्दै कर्मचारीहरू पनि असन्तुष्ट बनेका थिए । 

गुरागाईँ कार्यालय पुग्दा सबैले मेयरका विरुद्ध नाराबाजी गर्दै अघि बढाएका थिए । त्यहाँ कर्मचारी र वडाध्यक्षहरूले समेत मेयर साहले समस्या समाधानमा भन्दा पनि स्टन्टमा बढी ध्यान दिँदा समस्या भएको भन्दै विरोध गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : ०५ बजे

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा

नयाँ दल खोल्दै सुशीलालाई अन्तरिम प्रधानमन्त्रीमा समर्थन गरेका बालेन

काठमाडौँ- मंगलबार दिनभर आन्दोलन गरेर कयौँ सरकारी सम्पदा र नेताका

देशलाई संकटबाट बचाउन संसद विघटन र नयाँ राजनीतिक संरचना आवश्यक: लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

सोबिताले भनिन्: संसद विघटन गर्न पाइँदैन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोभिता गौतमले संसद

अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई पूर्ण समर्थन छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्व प्रधानन्यायाधीश सुशीला