महानगरको कार्यालयबाट बाहिरिए राजुनाथसहितका नगर प्रहरी « Khabarhub

महानगरको कार्यालयबाट बाहिरिए राजुनाथसहितका नगर प्रहरी


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर वडाध्यक्ष र कर्मचारीसँग घम्साघम्सी गरेका नगर प्रहरी कार्यालयबाट बाहिरिएका छन् ।

अहिले काठमाडौं महानगरपालिकाको कार्यालय भवनबाट पाण्डेसहितका सबै नगरप्रहरी बाहिर निस्किएका हुन् ।

उपमेयर सुनिता डंगोल नेतृत्वमा कार्यपालिका बैठक बसिरहेका बेला नगरप्रहरीको टोली कार्यालयबाट बाहिरिएको हो ।

‘उहाँहरूले निर्णय गरिसकेपछि बोलौँला । प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोल्न भनिएको थियो। तर मेयरको आदेश नआएसम्म खोल्ने कुरा भएन’, उनले भने, ‘यस विषयमा अहिले म केही पनि प्रतिक्रिया दिन्न ।’

उनले यति भनिसकेपछि सबै नगरप्रहरी निस्किएर हिँडेका हुन् । सुरूमा पाण्डेसहितका नगरप्रहरी गुरागाईंलाई रोक्न कार्यालयको गेटमा तैनाथ भएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : ५० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन