ताला नभेटेपछि ढोका फुटाएर कार्यकक्षमा पसे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं « Khabarhub

ताला नभेटेपछि ढोका फुटाएर कार्यकक्षमा पसे प्रमुख प्रशासकीय अधिकृत गुरागाईं


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं करिब ४ महिनापछि कार्यकक्षमा छिरेका छन् ।

मेयर बालेन्द्र साहको सचिवालयले लगाएको ताला कर्मचारीहरूले फुटाइदिएपछि उनी कार्यकक्षमा छिरेका हुन् ।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन्द्र साहको आदेश नआएसम्म ताला नखोल्ने अडान लिँदै कार्यालयबाट बाहिरिएका थिए । त्यसपछि कर्मचारीहरूले ताला फुटाएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा छिराएका हुन् ।

करिब चार महिनापछि कार्यकक्षमा बसेका उनी केहीबेर बसेर बाहिरिएका छन् । उनलाई जनप्रतिनिधि र कर्मचारीले कार्यालयमा छिराएका थिए ।

काठमाडौं टावरको भवन अनधिकृत रुपमा निर्माण अघि बढाउन अनुमति दिएको आरोप मेयर बालेन्द्र साहले गुरागाईंलाई लगाएका थिए ।

त्यसपछि गुरागाईंको कार्यकक्षमा ताला लगाइएको थियो । गाडीमा समेत बालेन्द्रले ह्वील लक गरिदिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १२ : ५६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन