बालेनलाई उपप्रमुख डंगोलको चुनौती : कोठामा बसेर होइन, कार्यालयमा आएर समाधान दिनू « Khabarhub

बालेनलाई उपप्रमुख डंगोलको चुनौती : कोठामा बसेर होइन, कार्यालयमा आएर समाधान दिनू


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि बिहीबार कार्यालय छिरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै एक महिनाअघि पत्र पठाएको थियो ।

पत्र पठाएको एक महिनापछि गुरागाईं वडाध्यक्ष र कर्मचारीको जोडबलमा महानगरपालिका छिरेका हुन् ।

उपप्रमुख सुनिता डंगोल, अधिकांश कार्यपालिका सदस्य, वडाध्यक्षहरू र कर्मचारी पनि उनी कार्यालय पुग्दा सँगै थिए

मेयर बालेन साहले उनलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरेका थिए। तर नगरप्रहरीको अवरोध छिचोल्दै उनलाई कर्मचारीले कार्यालय प्रवेश गराए ।

कार्यालय प्रवेश गरेपछि पनि उनी कार्यकक्षमा प्रवेश गर्न खोजे । तर ताला लगाएकाले सम्भव भए । त्यसपछि कार्यपालिका सदस्यहरूको बैठक बसेर उनलाई कार्यकक्ष छिराइयो । मेयरले लगाएको ताला तोडेर गुरागाईंलाई कार्यकक्षमा छिराइएको हो ।

गुरागाईं कार्यकक्षमा प्रवेश गर्न नपाएपछि बोर्ड बैठक हलमा उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष सबैको बैठक बस्यो ।

अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले मेयर साहको चर्को आलोचना गरिन् । कसैको मनमुटाव होला जनप्रतिनिधि भएकाले नागरिकको सेवामा तल्लिन हुनुपर्ने उनको मत थियो ।

उनले हरेक घटनाक्रमा आफूहरू जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिइन् ।

‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अघिकृत हाजिर गर्न आउनु भएको छ,’ उनले भनिन्, ‘उहाँ हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो कुरा होइन । कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन ।’

उनले यस्तो मनमुटाव संस्थाभित्र हुन नहुने भन्दै प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको उल्लेख गरिन् ।

अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उनको भनाइ थियो । ‘त्यसैले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सरपीडितलाई पनि पैसा दिन सकेका छैनौँ । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर, यो पीडामा राख्नु हुँदैन’, उनले भनिन् ।

उनले महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्ने बताइन् । ‘यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन’, उनले भनिन्, ‘पहिला आजको विषय समाधान गर्छौँ । त्यसपछि बोर्ड बैठक बस्छौँ । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’

प्रवक्ता नवीन मानन्धरलगायत सबै वडाध्यक्षले पनि मेयर साहको चर्को आलोचना गरेका थिए ।

नगरप्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले ताला किन लगाएको भनेर प्रश्न गर्दा उनले गोलमटोल जवाफ दिए । उपप्रमुख डंगोलले घेरेपछि पाण्डेले मेयरको मौखिक आदेशमा ताला लगाएको बताएका थिए ।

कार्यकारी अघिकृतल कार्यालय प्रवेश गरेर कार्यकक्षमा पस्न खोजे पनि मेयर साहले उनको कार्यकक्षमा ताल लगाएर चावी आफैँ बोकेर वेपत्ता भएका कारण केहीबेर प्रमुख प्रशासकीय अघिकृत बाहिरै बसेका थिए ।

मेयर बालेन साहले लामो समयदेखि व्यक्तिगत ‘इगो’ का कारण प्रमुख प्रशासकीय अघिकृतलाई कार्यालय प्रवेशमा रोक लगाएर कर्मचारीको नियमित तलबसमेत रोक्का गरिदिएको भन्दै कर्मचारी असन्तुष्ट बनेका थिए ।

गुरागाईं कार्यालय पुग्दा सबैले मेयरविरुद्ध नाराबाजी गर्दै अघि बढाएका थिए । त्यहाँ कर्मचारी र वडाध्यक्षले समेत मेयर साहले समस्या समाधानमा भन्दा स्टन्टमा बढी ध्यान दिँदा समस्या भएको भन्दै विरोध गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  १ : १४ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक