काठमाडौंका नदी र खोलाबाट १४३ मेट्रिक टन फोहोर सङ्कलन « Khabarhub

काठमाडौंका नदी र खोलाबाट १४३ मेट्रिक टन फोहोर सङ्कलन


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘बायोकम्प नेपाल’ले ‘पीपल इन नीड’ र ‘क्लिन अप नेपाल’ सँगको साझेदारीमा काठमाडौं उपत्यकाका १६ नदी र खोला सरसफाइ अभियानमार्फत १४३ दशमलव ५५ मेट्रिक टन फोहोर सङ्कलन गरेको छ ।

 उक्त कार्य १०० भन्दा बढी स्वयंसेवक,स्थानीय समुदायका सदस्य, नेपाल प्रहरी, र विभिन्न शैक्षिक संस्थाका विद्यार्थीको सक्रिय सहभागितामार्फत सम्भव भएको आयोजकले जनाएको छ ।
 
नदी सरसफाइ अभियान ‘रिभर प्लस परियोजना’ अन्तर्गत सञ्चालन गरिएको हो । यसलाई प्लास्टिक फ्रि रिभर्स एन्ड सिज फर साउथ एसिया परियोजनाले आर्थिक सहयोग गरेको छ । यो परियोजना साउथ एसिया को–अपरेटिभ इन्भाइरन्मेन्ट प्रोग्रामद्वारा कार्यान्वयन भइरहेको छ, यसलाई विश्व बैंकले सहयोग गरेको छ । 

परियोजनाले कम गुणस्तरका प्लास्टिक सङ्कलन तथा पुनर्चक्रण गर्ने लक्ष्य राखेको छ । यस परियोजनाले विशेष गरी बागमती, विष्णुमती, र मनोहरा नदीहरूमा प्लास्टिक प्रदूषण न्यूनीकरण गर्ने उद्देश्य राखेको छ । सो परियोजना अन्तर्गत, अनौपचारिक सर–सफाइकर्मी, आप्रवासी श्रमिक, विशेष गरी महिला र युवालाई संलग्न गराइएको आज आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा बायोकम्प नेपालका प्रमुख कार्यकारी अधिकृत मार्टेन नाइजोफले अनौपचारिक सर– सफाइकर्मीलाई तालिम दिएर कम गुणस्तरका प्लास्टिक घरहरू, उद्योग, नदी, सडक, र फोहोर व्यवस्थापन केन्द्रबाट सङ्कलन गरेको अवगत गराए ।
 
सङ्कलित कम गुणस्तरका प्लास्टिकलाई विशेष आर्थिक क्षेत्र सिमरामा हालै स्थापना गरिएको शून्य–उत्सर्जन प्लास्टिक पुनर्चक्रण केन्द्रमा लगेर प्लास्टिक कम्पोजिट बोर्डमा परिवर्तन गरिनेछ । यस अभियानअन्तर्गत, बायोकम्प नेपालले ८० टन कम गुणस्तरका प्लास्टिक सङ्कलन गरी पुनर्चक्रणका लागि उपयोग गरेको जनाएको छ ।
 
कार्यक्रममा काठमाडौं महानगरपालिका– वातावरण विभागबाट सानुमैया महर्जन, ललितपुर महानगरपालिका–२ का वडा अध्यक्ष राजेशकुमार महर्जन र वडा ९ बाट वडा सदस्य, ललितपुर कल्याण आधारभूत विद्यालयका प्रध्यानाध्यापक, संयुक्त सफाइ जागरण, रेडक्रस सर्कल, नेप्सेम्याकलगायत अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

यस अभियानलाई थप प्रभावकारी बनाउन बायोकम्प नेपालले १७ मार्च २०२५ मा सिमरामा नयाँ प्लास्टिक पुनर्चक्रण केन्द्र उद्घाटन गरिसकेको छ । यो केन्द्र पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ र दिगो प्लास्टिक फोहोर व्यवस्थापनमा उल्लेखनीय योगदान दिने विश्वास गरिएको छ । यस प्रविधिले वातावरणीय चुनौतीलाई परिपत्र अर्थतन्त्रका अवसरमा परिवर्तन गर्ने महत्त्वपूर्ण अवसर सिर्जना गर्नेछ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ३ : ३४ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती