विश्व बैंकको अनुमान- नेपालको अर्थतन्त्र सुधारोन्मुख, गरिबीदर घट्दो « Khabarhub

विश्व बैंकको अनुमान- नेपालको अर्थतन्त्र सुधारोन्मुख, गरिबीदर घट्दो


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ ।

एक प्रतिवेदन जारी गर्दै विश्व बैंकले आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने जनाएको हो ।

‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस वर्षमा नेपालको आर्थिक वृद्धिदर बढ्ने अनुमान गरेको हो । विश्व बैंकका अनुसार अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.९ हुने अनुमान गरेको थियो ।

आगामी आर्थिक वर्षहरुमा पनि नेपालको अर्थतन्त्रमा सुधार हुने विश्व बैंकको अपेक्षा छ । आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.२ प्रतिशत र त्यसपछि ५.५ प्रतिशतले विस्तार हुनेसमेत विश्व बैंकले अनुमान गरेको छ ।

आर्थिक विकाससँगै नेपालमा गरिबीदर पनि घट्ने विश्व बैंकको अनुमान छ । विश्व बैंकले सन् २०२५ मा नेपालको गरिबी ५.५ प्रतिशत, सन् २०२६ मा ४.८ प्रतिशत र सन् २०२७ मा ४ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ४ : ०३ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री