गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोली म्याग्दीमा « Khabarhub

गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा टोली म्याग्दीमा


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– धार्मिक पर्यटन प्रवर्द्धन, कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षण र धार्मिक सद्भावको उद्देश्यसहित नवलपरासीको गजेन्द्रमोज्ञनारायण–मुस्ताङको मुक्तिनाथ रथयात्रामा निस्किएको टोली आज यहाँ आइपुगेको छ । 

स्वामी कमलनयनाचार्यको नेतृत्वमा यही चैत १८ गजेन्द्रमोज्ञनारायणदेखि सुरु भएको रथयात्रा टोली देवघाट, पोखरा, बागलुङ हुँदै म्याग्दी आएको हो । 

भजनकीर्तनसहित आइपुगेको रथयात्रा टोलीलाई बेनी नगरपालिकाका प्रमुख सुरत केसी, जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललगायतले बेनीमा स्वागत गरेका थिए ।  बेनी बजारवासीले घरअगाडि जलघडा राखेर स्वागत गरेका छन् ।  

बेनीदेखि धार्मिक स्थल गलेश्वर मन्दिरसम्म पैदलयात्रा गरेको रथयात्राको टोली २४ गते मुक्तिनाथ पुगेर छ महिने धार्मिक महोत्सव सुरु गर्ने कार्यक्रम छ । 

वैदिक सनातन संस्कार–संस्कृति, शालग्राम, कालीगण्डकी, गोवंश, जल, प्रकृति, पर्यावरण संरक्षण, सामाजिक एकता, राष्ट्रियता र आदर्श समाजको निर्माण तथा पर्यटन प्रवर्द्धन गर्नाका साथै विश्वशान्ति र राष्ट्र समुन्नतिको कामना गर्ने उद्देश्यले रामनवमी पर्वको अवसरमा रथयात्रा आयोजना गरिएको स्वामी कमलयनाचार्यले बताए  । 

वेद, उपनिषद्, रामायण, महाभारत, पुराण, गीता, विष्णुसहश्रनामलगायत स्तोत्ररत्नादि वैदिकशास्त्रको पाठपाराणय, भगवद् आराधनासहित विशेष अनुष्ठान र हवन गरिने छ महिनासम्म सञ्चालन हुने महोत्सवमार्फत पाँच लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । 

रथयात्रा र धार्मिक महोत्सवले कालीगण्डकी किनारका धार्मिक पर्यटकीयस्थलहरुको पहिचान, प्रचारप्रसार र प्रवर्द्धनका साथै संरक्षण र विकासमा राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ । 
 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ४ : २३ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।