खाँडाचक्रका शिक्षकले पाएनन् छ महिनादेखि तलब « Khabarhub

खाँडाचक्रका शिक्षकले पाएनन् छ महिनादेखि तलब


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरूले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् । 

चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । ‘तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ’, उनले भने, ‘असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।’

तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीको जानकारी दिइन्। ‘संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,’ उनले भनिन्, ‘हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कुर्नुपर्छ ।’ शिक्षकहरूको हकमा भने पहिला–पहिला चार/चार महिनामा र अचेल तीन÷तीन महिनामा तलब दिने गरिएकामा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलब भत्ता नदिएको शिक्षकहरूको भनाइ छ । 

नगरपालिकामा पहिल्यैदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा र नयाँ लेखापाल तालिममा गएका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताए । 

उनले शिक्षकको हकमा आफू पनि चिन्तित रहेको जनाउँदै शिक्षकको तलब भत्ता छिटो हाल्न कर्मचारीलाई निर्देशन दिइसकेको बताए । 

शिक्षकहरूको दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको निकासा दिनका लागि आफूले लेखा शाखामा फाइल पुर्‍याएको तर भुक्तानी नगरेको शिक्षा शाखा प्रमुख बलराज शाहीले बताए । 

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : १० बजे

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख