मन्त्री शाही भन्छन्, जडिबुटी केन्द्र छिटो सञ्चालन गर्न गृहकार्य भइरहेको छ « Khabarhub

मन्त्री शाही भन्छन्, जडिबुटी केन्द्र छिटो सञ्चालन गर्न गृहकार्य भइरहेको छ


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले यही चैत १५ गते आन्दोलनका क्रममा जलाइएको जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्रको निरीक्षण गरेका छन् ।

उनका साथमा काठमाडौँ क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य सोविता गौतमसमेत रहेका थिए । मन्त्री ठकुरी र सांसद गौतमले जडिबुटीस्थित प्रशोधन केन्द्र पुगेर जलेर भग्नावशेष भएका भौतिक संरचनाको अवलोकन गरेका हुन् ।

यही चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुको आन्दोलनका क्रममा प्रदर्शनकारीले आगो लगाउँदा प्रशोधन केन्द्र भग्नावशेष बनेको हो । त्यहाँ रहेका सवारीसाधन जलाइएको थियो भने करोडौँको रुपैयाँ बराबरको क्षति भएको छ । सो अवसरमा प्रशोधन केन्द्रका महाप्रबन्धक सङ्गीता यादवलगायत पदाधिकारीले आगलागीबाट क्षति भएको भग्नावशेषको अवलोकन गराउँदै क्षतिबारे उनीहरुलाई जानकारी गराएकी थिइन् ।

निरीक्षणपछि मन्त्री शाहीले छिटोभन्दा छिटो सञ्चालन गर्न गृहकार्य भइरहेको बताए । “प्राविधिक र विज्ञ राखेर छलफल गरिरहेका छौँ । रु १० करोड बजेट भए अस्थायी रुपमा सञ्चालन गर्न सकिन्छ । यसबारे मन्त्रिपरिषद्मा छलफल भएको छ । चाँडै रकम उपलब्ध हुन्छ”, उनले भने ।

क्षतिबारे सहरी विभागले मूल्याङ्कन गरिरहेको र चाँडै पुनर्निर्माण प्रक्रिया अगाडि बढ्ने मन्त्री शाहीको भनाइ थियो । “उत्पादन बढाउने र रोजगारलाई सुनिश्चित गर्ने सवालमा हामी सबै प्रक्रिया पूरा गरेर पुनःसुरु गर्छौँ”, उनले भने ।

सांसद गौतमले आगो लगाउनेलाई सरकारले कानुनी दायरामा ल्याउनुपर्ने बताइन् । प्रशोधन केन्द्रलाई घना बस्तीबाट अन्यत्र सार्नुपर्ने उनको सुझाव थियो । प्रशोधन केन्द्रका महाप्रबन्धक यादवले नयाँ उत्पादनको तयारी गरिरहेका बेला आगो लाग्दा ठूलो क्षति भएको बताइन् ।

उनका अनुसार उद्योगको दुई भवन र १३ गाडी जलेर क्षति भएको छ । रु २८ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको महाप्रबन्धक यादवले बताइन् । प्रशोधन केन्द्रका कर्मचारीले उत्पादन बन्द हुँदा बेरोजगार हुने मन्त्री शाही र सांसद गौतम समक्ष चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : ०० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी