बालेन र राजुनाथलाई कर्मचारीको चेतावनी- काम गर्न नदिए कानुनी बाटो खोज्छौँ « Khabarhub

बालेन र राजुनाथलाई कर्मचारीको चेतावनी- काम गर्न नदिए कानुनी बाटो खोज्छौँ


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले मेयर बालेन्द्र साह र नगर प्रहरी राजुनाथ पाण्डेविरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्।

कर्मचारी संगठनका नेताहरूले दुवैलाई प्रशासनिक अव्यवस्था र सेवा प्रवाहमा अवरोध गरेको आरोपमा मुलुकी अपराधसंहिता २०७४ का दुई धाराहरू अनुसार कारबाही हुने बताएका हुन् ।

स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर धामी र स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बरालले बिहीबार संयुक्त विज्ञप्ति निकाल्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन भनेका छन् ।

मुलुकी अपराध संहिता २०७४ को धारा ६६ मा सार्वजनिक पद धारण गरेका व्यक्तिले कर्तव्य पूरा नगरी वा जानाजान सेवा प्रवाहमा बाधा पुर्‍याएमा कानुनी कारबाही हुने उल्लेख छ । उक्त कानुनकै धारा ८६ मा राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्य पूरा गर्दा अवरोध पुर्‍याउन नहुने भनिएको छ ।

कर्मचारीका दुई संगठनले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई महानगर प्रहरी ऐनको दफा ३ पनि पनि स्मरण गराएका छन् । उक्त दफामा महानगर प्रहरीको आचरण र अनुशासनबारे लेखिएको छ ।

दुवै नेताले विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा सहज वातावरण बनाउन खटिएकाहरूलाई धन्यवाद दिएका छन् ।

‘सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्मुर्ण जनप्रतिनिधिज्यू तथा महानगरपालिकामा कार्यरत कर्मचारी साथीलाई हार्दिक धन्यवादसहित महानगरपालिकाको आन्तरिक प्रशासनिक संयन्त्र संचालनमा देखिएको समग्र ज्यादतीको नजिकबाट नियाली सत्यतथ्य समाचार सम्प्रेषण गरिदिनु हुने सञ्चारगृह तथा आमसञ्चारकर्मीलाई समेत धन्यवाद ज्ञापन गर्दछौँ’, उनीहरूले भनेका छन् ।

वडाध्यक्ष र कर्मचारीको साथ लिएर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले ३ महिना १४ दिनपछि कार्यालयमा हाजिर गरेका छन् ।

कार्यालय प्रवेशका क्रममा महानगर प्रहरीले अवरोध गरेपछि कर्मचारी र वडाध्यक्षले पेलेर गुरागाईंलाई कार्यालयमा हाजिर गराएका हुन् ।

गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन नगर प्रहरी लागेपछि उपप्रमुख सुनिता डंगोल, वडाध्यक्ष र कर्मचारी जुटेका थिए । कार्यकक्षको ताला बालेनको सचिवालय र नगर प्रहरी प्रमुख पाण्डेले नखोलिदिएपछि ढोका फोडेर गुरागाईंलाई प्रवेश गराइयो । हाजिर गरेपछि उनी वातावरण विभागको गाडीमा कार्यालयबाट बाहिरिए । उनी सवार हुने गाडीमा बालेनले ह्वील लक गरिदिएका थिए ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : ४५ बजे

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज (पर्सा)- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र