बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी रहन्छ : नेतान्याहू « Khabarhub

बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी रहन्छ : नेतान्याहू


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना आईडीएफले गाजामा कारबाही तीव्र बनाएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा भिडियो सम्प्रेषण गर्दै नेतान्याहूले गाजामा आईडीएफले करिडोर नियन्त्रण गरेको र आतङ्ककारीमाथि आक्रमण र पूर्वाधार नष्ट गरिरहेको बताएका छन् ।

उनले भने, “हामी अर्को कुरा पनि गर्दैछौंः हामी मोराग करिडोर कब्जा गर्दैर्छौँ । यो एक अतिरिक्त फिलाडेल्फिया कोरिडोर अर्थात् दोस्रो फिलाडेल्फिया हुनेछ ।” नेतन्याहूले गाजामाथिको दबाब जारी रहने पनि बताएका छन् ।

बन्धकहरू फिर्ता नभएसम्म गाजामाथि दबाब बढ्दै जाने पनि उनले बताए । उनले गाजालाई विभाजन गर्न चरणबद्ध रूपमा दबाब बढाइ बन्धकहरू फिर्ता लिने विश्वास व्यक्त गर्दै बन्धक फिर्ता नगरेसम्म दबाब बढिरहने बताएका छन् । ईश्वर र सैनिकहरूको सहयोगमा बन्धकहरू फिर्ता ल्याउने उनले बताउनुभएको छ ।

सोमबार इजरायली संसद्ले सर्वसम्मतिले गाजाका सीमावर्ती समुदायमा आर्थिक, पूर्वाधार र सामाजिक विकासका लागि १.३ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । सहयोग स्वीकृतको पक्षमा ३७–० परेको हो ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ७ : ४७ बजे

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र