बालेनको सचिवालयको चेतावनी- गुरागाईंलाई हाजिर गराउन जोडबल गर्नेले भोलि जेल जान तयार हुनू « Khabarhub

बालेनको सचिवालयको चेतावनी- गुरागाईंलाई हाजिर गराउन जोडबल गर्नेले भोलि जेल जान तयार हुनू


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहका स्वकीय सचिव भूपदेव शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर गराउन जोडबल गर्नेहरू सबै भोलि जेल जान तयार हुनुपर्ने बताएका छन् ।

महानगरकै कार्यालयमा बिहीबार सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले महानगरकै कर्मचारीहरूले ताला फोडी हाजिर गराएको विषयमा यस्तो चेतावनी दिएका हुन् ।

गुरागाईंलाई छैक्न महानगरका प्रमुख बालेन्द्रले नगर प्रहरी पनि परिचालन गरेको अवस्थामा कार्यकक्षको ताला फोडी कर्मचारीले प्रवेश गराएको विषय गम्भीर भएको उनले बताए ।

गुरागाईं ३ महिना १४ दिनपछि बिहीबार कार्यालयमा हाजिर गर्न पुगेको विषयलाई आफूहरूले गम्भीर रुपमा लिएको शाहले बताए । गुरागाईं गत पुस ७ गतेदेखि कार्यालयमा हाजिर हुन सकेका थिएनन् ।

‘भ्रष्टाचार संलग्न व्यक्तिलाई बचाउन दुईतिहाइको सरकार लाग्यो । उहाँ हाजिर गर्न फेरि संघीय मामिला तथा प्रशासन मन्त्रालय जानुभएको छ । यसमा सरकारको प्रत्यक्ष संलग्नता छ’, उनले भने, ‘गुरागाईंलाई हाजिर गराउन जो–जो व्यक्ति लाग्नु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत अनुसन्धान गरिरहेका बेला भोलि उहाँ दोषी देखिए जो–जो साझेदार छन्, उनीहरू सबै जना जेल जान तयार हुनुपर्छ ।’

उनले गुरागाईंमाथि भ्रष्टाचारको आरोप लागेको अवस्थामा कुनै पनि कर्मचारीले आफूसँग नभएको अधिकार प्रयोग गरिसकेपछि त्यसले कार्यालयमा प्रवेश पाउन नहुने बताए । गुरागाईंले पहिले नै सरुवा गरी पाऊँ भनेको बताउँदै शाहले मन्त्रालयले दम्भ देखाएर जबरजस्ती हाजिर गराएको पनि जिकिर गरे ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ८ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै