काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो « Khabarhub

काठमाडौं रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकियो


२० चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको काठमाडौँ रेजर्स र झापा एफसीबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीको जारी प्रतियोगितामा दोस्रो बराबरी हो ।

योसँगै दुवै टोलीले समान दुई खेलबाट दुई अङ्क बनाएका छन् । काठमाडौँले साविक विजेता ललितपुर सिटी एफसीसँग २–२ गोलको बराबरी खेलेको थियो ।

झापा भने बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रतियोगिताअन्तर्गत शुक्रबार एफसी चितवन र बुटवल लुम्बिनीबीच खेल हुनेछ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ९ : १७ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का