आज २०८३ साल कात्तिक २९ गते आइतबार राशिफल « Khabarhub

आज २०८३ साल कात्तिक २९ गते आइतबार राशिफल


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल कात्तिक २९ गते आइतबार सन् २०२६ नोभेम्बर १५ तारिख। कार्तिक शुक्ल पक्षको षष्ठी तिथि। छठ पर्व । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज छ । साथीको सहयोग मिल्नेछ । मनमा राम्रा भावनाको विकास हुनेछ । राजनीतिक क्षेत्रमा अगाडि बढ्नु राम्रो हुनेछ । सामाजिक र धार्मिक क्षेत्रमा तपाईंको नाम र दाम बढ्नेछ ।

वृष : दिन सामान्य छ । बोल्दा ख्याल गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुन : दिन सामान्य छ । लगानी गर्नु अगाडि सचेत बन्नुपर्ने दिन छ । व्यापारमा झुक्याउने धेरै भएकाले सचेत बन्नुपर्नेछ । राजनीतिमा तपाईंका साथी विपक्षी कित्तामा भएकाले घेराबन्दी हुने जोखिम छ ।

कर्कट : दिन राम्रो छ । राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वदेशमा भन्दा विदेशको रमझममा मन आकर्षित हुनेछ । लगानी गरेको भए फाइदा हुनेछ ।

सिंह : दिन सामान्य छ । हरेक काममा मिहिनेत गर्नुपर्ने देखिन्छ । भाग्यको निर्माण गर्न आफ्नो काममा केन्द्रित हुनुपर्नेछ । प्राविधिक शिक्षामा प्रगति हुनेछ ।  परिवारको साथ र सहयोग लिएर अगाडि बढेमा फाइदा हुनेछ ।

कन्या : दिन राम्रो छ । आम्दानीका क्षेत्र सबल भएकाले सदुपयोग गर्नु राम्रो होला । हरेक काममा बन्धु र परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : दिन सामान्य छ । सोचेका काममा बाधा आइपर्न सक्ने खतरा छ । राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु फाइदा हुनेछ । धार्मिक अभियान्तासँगको सहकार्यले दिन सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदा हुनेछ।

वृश्चिक : दिन सहज छ । श्रमको मूल्यांकन हुनेछ । गुरुको मायाले महत्त्वपूर्ण उपलब्धि हात लाग्नेछ । परिवारसँग बसेर रमाउने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : सानो कुराले मन शान्त बन्नेछ । धनलाभ हुनेछ । व्यापारमा फाइदा हुनेछ । महत्त्वपूर्ण काम गर्नु परेमा साथीसँग सहकार्य गरेमा फाइदा हुनेछ । परिवारमा खटपटी बढ्नेछ ।

मकर : दिन राम्रो छ । थोरै लगानी भए पनि अम्दानी बढ्नेछ । स्वास्थ्यले साथ दिनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । लगानीका क्षेत्रमा घाटा हुनेछ । निजी शिक्षाको लगानीबाट झन्झट आइपर्ने जोखिम छ । परिवारसँगको सम्बन्ध भने सहज बन्ने छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ ।

मीन : मन शान्त बन्नेछ । समयको सदुपयोग गर्नु राम्रो हुनेछ। परिवारमा मेलमिलाप हुनेछ । कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । मिहिनेतको फल मिल्ने छ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुन सक्ने छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ६ : १७ बजे

महिला गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

सुनसरी – भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै

छठको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै, के छ व्रतविधि ?

काठमाडौँ – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई

आज २०८३ साल कात्तिक २९ गते आइतबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २९ गते आइतबार सन् २०२६

एनपिएल प्लेअफ समीकरण पूरा : सनसनीपूर्ण जित निकाल्दै लुम्बिनी शीर्ष स्थानमा, विराटनगर बाहिरियो

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको