बेलायत र अमेरिकासँग सम्बन्ध सुदृढ बनाउने कार्नीको योजना « Khabarhub

बेलायत र अमेरिकासँग सम्बन्ध सुदृढ बनाउने कार्नीको योजना


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

क्यानडा – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी अहिले रणनीतिक रूपले दक्ष देखिएका छन्। गत सोमबार क्यानडामा भएको निर्वाचनबाट प्रधानमन्त्रीमा निर्वाचित उनले बेलायती राजा चाल्र्स तृतीयलाई २७ मेका लागि आमन्त्रण गरेका छन्। उनले यो आमन्त्रणलाई राजनीतिक बताएका छन्।

निर्वाचनको समयमा नै ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउन गरेको प्रस्तावको विपक्षमा उभिएका उनले देशको सार्वभौम रक्षाका लागि अन्तर्राष्ट्रिय समर्थन बटुल्नाका लागि क्यानडाको संसदमा नै राजालाई आमन्त्रण गरेका हुन्।

यस भन्दा अघि नै मंगलबार कार्नी ह्वाइट हाउस जाने छन्। यस भ्रमणको क्रममा ट्यारिफ र ट्रम्पको ५१ औँ राज्यको प्रस्तावका बारे छलफल हुनेछ। कार्नीले लगातार ट्रम्पसँग कुनै गलत सम्झौता नगर्ने बताइसकेका छन्। उनले ट्रम्पसँग कठिन तथा सिर्जनात्मक वार्ता गर्ने बताएका छन्। साथै उनले अन्य देशसँगको सम्बन्धका बारे पनि छलफल भइरहेको बताएका छन्।

निर्वाचनपछि कार्नीले क्यानडा अहिले सङ्कटमा भएका कारण सबैलाई एकजुट हुन आह्वान गरेका छन्। उनले क्यानडेलीको जीवन सहज बनाउन कुनै पनि विपक्षीसँग समझदारी गर्न आफू तयार भएको बताएका छन्। निर्वाचन अभियान कार्नीका प्रतिस्पर्धा कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभियरेले बढ्दो मूल्य र अपराध करणको विषय मुद्दा बनाएका थिए। कन्जरभेटिभ दोस्रो स्थानमा आएको थियो भने ओलिभियरो ओटावामा आफ्नै क्षेत्रमा पराजित भएका थिए।

कन्जरभेटिभ वार्ताका लागि तयार पोलिभियरेका लागि अर्को स्थान खाली गर्दै निर्वाचन गराउने तयारी सुरु गर्ने समेत कार्नीलाई बताएका छन्।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ६ : ५६ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका