लिफ्टिङमार्फत ‘एक घर, एक धारा’ « Khabarhub

लिफ्टिङमार्फत ‘एक घर, एक धारा’


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगरपालिका– १३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घरघरमा धारा बनेपछि स्थानीयवासी खुसी भएका छन् ।

लिफ्टिङमार्फत पानी तानेर गाउँमा ६ हजार र ८ हजार लिटरका दुई वटा ट्याङ्की निर्माण गरी गाउँमा पानी वितरण गरिएको छ ।

बागलुङ नगरपालिकाको आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को ११ लाख ७३ हजार ५० र  जनश्रमदान चार लाख दुई हजार ९६० रुपैयाँ गरी कूल २४ लाख ६० हजार ७०० रुपैयाँको लागतमा एक घर एक धार निर्माण भएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले यस गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव हुँदा बागलुङ नगरपालिकासँगको सहकार्यमा एक घर, एक धारा निर्माण गरेको बताए । गत साउन १५ गतेदेखि सुरु भएको योजना यही वैशाख १५ गते सकिएको उनको भनाइ छ । २१ घरमा धारा जडान गरेपछि अहिले पानी आउन थालेको कोइराला बताउँछन् ।

काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजनाकी कोषाध्यक्ष मनरूपा देवी रिजालले गाउँमा खानेपानीको हाहाकार हुँदा दैनिकी प्रभावित हुने गरेको बताइन् । करिब एक दशकदेखि गाउँका तीन वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ । बिहानमा मात्रै धारामा पानी आउँदा दुई दिनका लागि भरेर राख्नुपर्ने समस्या भोगेको भन्दै घरघरमा धारा बनेपछि दैनिकी नै फेरिन थालेको उनले बताइन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : १० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना