लिफ्टिङमार्फत ‘एक घर, एक धारा’ « Khabarhub

लिफ्टिङमार्फत ‘एक घर, एक धारा’


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङ नगरपालिका– १३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घरघरमा धारा बनेपछि स्थानीयवासी खुसी भएका छन् ।

लिफ्टिङमार्फत पानी तानेर गाउँमा ६ हजार र ८ हजार लिटरका दुई वटा ट्याङ्की निर्माण गरी गाउँमा पानी वितरण गरिएको छ ।

बागलुङ नगरपालिकाको आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को ११ लाख ७३ हजार ५० र  जनश्रमदान चार लाख दुई हजार ९६० रुपैयाँ गरी कूल २४ लाख ६० हजार ७०० रुपैयाँको लागतमा एक घर एक धार निर्माण भएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) बागलुङका कार्यक्रम अधिकृत विनोद कोइरालाले यस गाउँमा लामो समयदेखि खानेपानीको चरम अभाव हुँदा बागलुङ नगरपालिकासँगको सहकार्यमा एक घर, एक धारा निर्माण गरेको बताए । गत साउन १५ गतेदेखि सुरु भएको योजना यही वैशाख १५ गते सकिएको उनको भनाइ छ । २१ घरमा धारा जडान गरेपछि अहिले पानी आउन थालेको कोइराला बताउँछन् ।

काभ्रेडाँडा लिफ्ट खानेपानी आयोजनाकी कोषाध्यक्ष मनरूपा देवी रिजालले गाउँमा खानेपानीको हाहाकार हुँदा दैनिकी प्रभावित हुने गरेको बताइन् । करिब एक दशकदेखि गाउँका तीन वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उनको भनाइ छ । बिहानमा मात्रै धारामा पानी आउँदा दुई दिनका लागि भरेर राख्नुपर्ने समस्या भोगेको भन्दै घरघरमा धारा बनेपछि दैनिकी नै फेरिन थालेको उनले बताइन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : १० बजे

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर