दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न « Khabarhub

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले दुबईमा आयोजित ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५’ मार्फत नेपालको विविध पर्यटन गन्तव्य र सम्भावना प्रदर्शन गरेको हो ।

अप्रिल २८ देखि मे १ तारिखसम्म दुबई वल्र्ड ट्रेड सेन्टरमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावनालाई प्राथमिकताका साथ प्रवर्द्धन गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

बोर्डका वरिष्ठ प्रबन्धक नवीन पोखरेलको नेतृत्वको प्रतिनिधिमण्डलले अन्तर्राष्ट्रिय टुर अपरेटर, ट्राभल एजेन्ट तथा सञ्चारकर्मीसँग विभिन्न व्यवसायिक भेटघाट (बीटुबी) कार्यक्रम गर्दै नेपालको पर्यटन विशेषता प्रस्तुत गरेको थियो ।

मेलामा बोर्डले ब्रोशर, यात्रा गाइड र परम्परागत नेपाली हस्तकला सामग्री वितरण गरी नेपालको पर्यटकीय विविधता र अनुभवलाई प्रवर्द्धन गरेको थियो । एटीएमजस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मेलाले नेपाललाई विश्वव्यापी पर्यटन बजारमा हिमाली सौन्दर्य, समृद्ध सांस्कृतिक विरासत तथा साहसिक र वातावरणमैत्री पर्यटन अवसर प्रस्तुत गर्ने महत्त्वपूर्ण प्लेटफर्म उपलब्ध गराएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डसँगै १२ वटा निजी क्षेत्रका नेपाली यात्रा तथा पर्यटन कम्पनीसमेत एटीएम– २०२५ मा सहभागी भएका थिए । निजी क्षेत्रको सक्रिय सहभागिताले नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाएको बोर्डले जनाएको छ ।

बोर्डका वरिष्ठ प्रबन्धक नवीन पोखरेलले एटीएमको सहभागिताले नेपाललाई नयाँ बजारमा चिनाउने अवसर प्रदान गर्ने भन्दै यस्ता मेलामा हुने सहभागिता नेपालको पर्यटन क्षेत्रको दिगो विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : १८ बजे

कञ्चनपुरमा महिला मतदाता बढी

कञ्चनपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको

आईसीसी महिला टी–२० छनोट : थाइल्याण्डसँग नेपाल पराजित

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल

पहिलो पटक घण्टीघरमा प्रवेश गर्दै बालेन्द्र, रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह केन्द्रीय कार्यालय

गैँडाकोटबाट नारायणीमा ‘राइनो क्रुज’ सञ्चालन हुँदै

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’

सर्वोच्चपछि सडकतिर पनि आधिकारिकता खोज्दै देउवा समूह (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसबाट आधिकारिकता गुमाएको शेरबहादुर देउवा समूह सर्वोच्च अदालतपछि