अस्ट्रेलियामा आम निर्वाचन : एक करोड ८० लाख मतदाता « Khabarhub

अस्ट्रेलियामा आम निर्वाचन : एक करोड ८० लाख मतदाता


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया – अस्ट्रेलियामा अहिले आम निर्वाचन भइरहेको छ। एक करोड ८० लाख मतदाताले शनिबार नै सम्पन्न हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेछन्।

वामपन्थी झुकाव भएका लेबर पार्टीका एन्थोनी अल्बानेज अर्को कार्यकालका लागि उम्मेदवार भइरहेका छन्। कन्जरभेटिभ लिबरल नेसनल डेभलपमेन्टका पिटर डुटोन अर्का उम्मेदवार हुन्।

जीवन यापनको मूल्य यस निर्वाचनको मुख्य विषय हो। मतदाता स्वास्थ्यका बारे पनि चासो लिइरहेका छन्। निर्वाचनको परिणाम त्यसै दिन बाट आउन सुरु भए पनि सकिन सातासम्म लाग्ने अनुमान गरिएको छ।

दलीय उम्मेदवारलाई चुनौती दिँदै उम्मेदवार भएकी केट चेनी पनि अहिले चर्चामा छिन्। यसअघि सन् २०२२ को निर्वाचनमा पनि संसदमा १० जना स्वतन्त्रले सफलता पाएका थिए। १५० स्थानका लागि हुने मतदानबाट सरकार बनाउनका लागि ७६ स्थानमा जित हात पार्नु आवश्यक छ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ८ : ३३ बजे

मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु

मुस्ताङ– यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला

जेन-जी आन्दोलनको विध्वंस केपी ओलीकै कारण भएको हो : अरबिन्द्र सिंह  

काठमाडौं– नेकपा (एमाले)का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा

रुग्ण ठेक्का तोड्ने प्रयास : जड एकातिर, जोड अर्कातिर

रुग्ण आयोजना भन्नाले निर्माण क्षेत्रका ती ठेक्का वा परियोजनालाई जनाउँछ,

 कुखुरामा ‘एनेमिया भाइरस’

चितवन– चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ

‘एमाले केपी ओलीको असक्षमता बोकेर हिँड्न सक्दैन’

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरले पार्टी