कोशी प्रदेशको अवलोकनपछि कर्णालीका मुख्यमन्त्रीले भने– कर्णालीमा सहासिक पर्यटनमा प्रशस्तै सम्भावना छ « Khabarhub

कोशी प्रदेशको अवलोकनपछि कर्णालीका मुख्यमन्त्रीले भने– कर्णालीमा सहासिक पर्यटनमा प्रशस्तै सम्भावना छ


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

धनकुटा – कोशी प्रदेशको लगानी सम्मेलन अवलोकनपछि धनकुटा र सुनसरीको सङ्गमस्थल पर्यटकीय क्षेत्र भेडेटार घुम्न पुगे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ।

त्यहाँ उनले चिसो मौसम, डाँडाकाँडा र पर्यटकलाई आकर्षित गर्न बनाइएका भौतिक संरचना देखे । मुख्यमन्त्री कँडेललाई कर्णालीको पर्यटन क्षेत्रमा लगानी गर्न सके गज्जब हुने आइडियो फुर्‍यो ।

भेडेटारस्थित ‘स्काइवक’ अवलोकनपछि मुख्यमन्त्री कँडेलले आफ्ना क्षेत्रमा समेत सहासिक पर्यटनमा प्रशस्तै सम्भावना भएको सुनाए ।

भेडेटारको ‘स्काइवक’ निर्माण गर्ने कम्पनी ‘वन्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्रयाक्सन्स प्रालि’ लाई कर्णालीमा लगानी गर्न आग्रह गरे ।

उनले प्रदेश सकारका तर्फबाट गर्न सक्ने सबै सहजीकरण गर्न तयार रहेको सुनाए । मुख्यमन्त्री कँडेलले स्काइवकमा हिँड्दा ‘एडभेन्चर फिल’ भएको अनुभव साटे । ‘डरसँगै खुसीको अनुभव भयो ।’ उनले भने ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–४ र धरान उपमहानगरपालिका–६ को सङ्गमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा २० करोड रुपैयाँको लागतमा स्काइवक निर्माण भएको छ । स्काइवक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवक भेडेटारका निर्देशक सुनिल भुसालले बताए ।

स्काइवकबाट भेडेटार बजार, धरानदेखि इटहरीसम्मको मनोरम दृश्य, चारकोसे झाडी, सानोपाथीभरा मन्दिर साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिने निर्देशक भुसालले बताए । स्काइवकको अनुभव लिनका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क तोकिएको स्काइवक भेडेटारका प्रबन्ध निर्देशक सञ्जीव रोक्काले बताए ।

स्काइवक अवलोकनमा नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, एमाले नेता विशाल भट्टराई, यज्ञराज सुनुवार, कोशी प्रदेशसभा सदस्य निरन राई, साँगुरीगढी गाउँपालिकाका प्रमुख जितेन्द्र रुम्दालीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १२ : ५५ बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि