कोशी प्रदेशको अवलोकनपछि कर्णालीका मुख्यमन्त्रीले भने– कर्णालीमा सहासिक पर्यटनमा प्रशस्तै सम्भावना छ « Khabarhub

कोशी प्रदेशको अवलोकनपछि कर्णालीका मुख्यमन्त्रीले भने– कर्णालीमा सहासिक पर्यटनमा प्रशस्तै सम्भावना छ


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

धनकुटा – कोशी प्रदेशको लगानी सम्मेलन अवलोकनपछि धनकुटा र सुनसरीको सङ्गमस्थल पर्यटकीय क्षेत्र भेडेटार घुम्न पुगे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ।

त्यहाँ उनले चिसो मौसम, डाँडाकाँडा र पर्यटकलाई आकर्षित गर्न बनाइएका भौतिक संरचना देखे । मुख्यमन्त्री कँडेललाई कर्णालीको पर्यटन क्षेत्रमा लगानी गर्न सके गज्जब हुने आइडियो फुर्‍यो ।

भेडेटारस्थित ‘स्काइवक’ अवलोकनपछि मुख्यमन्त्री कँडेलले आफ्ना क्षेत्रमा समेत सहासिक पर्यटनमा प्रशस्तै सम्भावना भएको सुनाए ।

भेडेटारको ‘स्काइवक’ निर्माण गर्ने कम्पनी ‘वन्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्रयाक्सन्स प्रालि’ लाई कर्णालीमा लगानी गर्न आग्रह गरे ।

उनले प्रदेश सकारका तर्फबाट गर्न सक्ने सबै सहजीकरण गर्न तयार रहेको सुनाए । मुख्यमन्त्री कँडेलले स्काइवकमा हिँड्दा ‘एडभेन्चर फिल’ भएको अनुभव साटे । ‘डरसँगै खुसीको अनुभव भयो ।’ उनले भने ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–४ र धरान उपमहानगरपालिका–६ को सङ्गमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा २० करोड रुपैयाँको लागतमा स्काइवक निर्माण भएको छ । स्काइवक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवक भेडेटारका निर्देशक सुनिल भुसालले बताए ।

स्काइवकबाट भेडेटार बजार, धरानदेखि इटहरीसम्मको मनोरम दृश्य, चारकोसे झाडी, सानोपाथीभरा मन्दिर साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिने निर्देशक भुसालले बताए । स्काइवकको अनुभव लिनका लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क तोकिएको स्काइवक भेडेटारका प्रबन्ध निर्देशक सञ्जीव रोक्काले बताए ।

स्काइवक अवलोकनमा नेकपा (एमाले) प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, एमाले नेता विशाल भट्टराई, यज्ञराज सुनुवार, कोशी प्रदेशसभा सदस्य निरन राई, साँगुरीगढी गाउँपालिकाका प्रमुख जितेन्द्र रुम्दालीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १२ : ५५ बजे

सामुदायिक वनमा एक हजार सात सय रुद्राक्ष रोपियो

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरी सामुदायिक वनमा जिल्लामै

आजका समाचार : होल्डिङ सेन्टरबाट एक जना पक्राउ विद्यार्थी संगठन हटाउन त्रिविको निर्देशन, मनाइयो असार १५ र भेनेजुएलालाई चीनको सहायता

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृतराष्ट्रिय सभाको बैठकले

ओलीले भनेजस्तै कांग्रेस फुटिसकेको हो ?

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार

विद्यालयभित्रै मृत्युदेखि गम्भीर मानसिक पिडा भोग्दै बालबालिका

काठमाडौं- देशका प्रतिष्ठित तथा आवासीय विद्यालयहरूमा बेला–बेलामा हुने अप्रिय घटनाहरूले

उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी