‘विश्वका विविध संकटसँग जुध्न युवा तयार हुनुपर्छ’ « Khabarhub

‘विश्वका विविध संकटसँग जुध्न युवा तयार हुनुपर्छ’


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वले बेहोरिरहेका तीन वटा संकटसँग जुध्नका लागि युवा तयार हुनु पर्नेमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जोड दिएका छन्।

कांग्रेस शिक्षा विभाग प्रमुखसमेत रहेका महरले राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको ‘युथ भिजन २०३५ मा युवा सरोकार’ विषयक नीतिगत छलफललाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

‘तीन सकंट भनेका जैविक विविधता, जलवायु परिवर्तन र प्रदूषण हुन्। विश्वले यी तीन विषयलाई महासंकटका रुपमा लिइरहेको छ। यी तीन विषयको सन्तुलनमा ध्यान नदिएमा भोलि विश्वले महासंकट बेहोर्नुपर्ने हुनसक्छ। त्यसैले विश्वले यी विषयमा सन्तुलन राख्न ग्लोबल पलिसी निर्माण आजको आवश्यकता हो । युवा पुस्ता यो संकटसँग जुध्न सचेत हुनुपर्छ,’ उनले भने।

प्राकृतिक र जैविक विविधता सन्तुलन नै अहिले आवश्यकता भएको उनको ठहर छ। ‘जनसङ्ख्या वृद्धिले जैविक विविधता भइरहेको छ। जलवायु परिवर्तन औद्योगिक करणले भइरहेको छ। यसले जमिन, वायु, जललगायत सबै क्षेत्र प्रदूषित तुल्याइरहेको छ। यसले नेपाल मात्र नभएर विश्वमै महासंकट ल्याउने आँकलन गरिदै छ ।त्यसैले यससँग जुध्नका लागि युवालाई दिइने शिक्षा पनि यसैको आधारमा हुनुपर्छ,’ महरले भने । नेपालका युवाका लागि स्थापना गरिएको सर्टिफिकेट धितो राखेर रिण लिने व्यवस्थाको कार्यान्वयन नहुँदा र युवा स्वरोजगारको प्रभावकारिता नहुँदा अन्यौलता थपिएको महरले भने ।

एउटा सिटिजन साइन्सका रुपमा युवाले प्राकृति संकटसँग जुध्न भूमिका निर्वाह गर्नुपर्ने र विज्ञान, प्रविधिको उचित ज्ञानले भरिपूर्ण हुनु पर्ने महरले औंल्याएका छन्। युवाले मेरो र मेरो सन्ततिको भविश्यका लागि भन्दै समाजमा सचेतना जागृत गर्नुपर्ने र आफैँ सक्रिय हुनुपर्ने महरले बताए।

नेपालले निर्माण गर्न लागेको युथ भिजन २०३५ ले यस्तो खाले संकटसँग जुध्न प्रस्ट खाका कोर्नुपर्ने उनको धारणा छु

‘अबको युवालाई प्रविधि युक्तसमेत बनाउनुपर्छ। जिएन्जी पुस्तालाई सक्षम बनाउन सरकारको नीति तथा कार्यक्रममा आएको बढ्दै पढाउँदै अवधारणालाई समेत कार्यान्वयन गर्नुपर्छ,’ उनले भने।

युवाका लागि चाहिने खेलकुद, शिक्षा, स्वास्थ्य, रोजगार ,मनोरञ्जन राज्यले दिनुपर्ने महरले बताए। युवा पनि राष्ट्र प्रेमले ओतप्रोत हुन आवश्यक रहेको उनले औंल्याए। ुदिनहुँ समय फेरिँदो। आधुनिकिकरण बढ्दो छ। युवालाई सोही अनुरुपको शिक्षा दिँदै विश्व बजारसँग प्रतिस्पर्धा गर्ने खालको हुन प्रेरित गर्नुपर्छ। र, उनीहरूलाई वातावरण सन्तुलनमा पनि प्रेरित गर्नुपर्छ’ महरले भने।

उनले पाठ्यक्रम नै युवा मैत्री हुनुपर्ने बताएका छन्। विश्वमा व्याप्त समस्या समाधानमा युवाहरूले कस्तो भूमिका निर्वाह गर्न सक्छन् भन्ने ज्ञान पाठ्यक्रममै समाविष्ट हुनुपर्नेमा महरको जोड छ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १ : ५१ बजे

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी

मुस्ताङबाट २२ हजार केजी फोहर सङ्कलन

मुस्ताङ– जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष,

जेनजी आन्दोलनमा ध्वस्त गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खण्डहर बन्दै

ललितपुर– ललितपुरको गोदावरीस्थित सरकारी सभा सम्मेलनका लागि निर्माण गरिएको सनराइज

बेलौरीका किसानलाई अनुदानमा आधुनिक कृषि उपकरण

कञ्चनपुर– कृषिलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५०