चीनमा लोकतन्त्रको समर्थनमा ब्यानर प्रदर्शन गर्ने पक्राउ « Khabarhub

चीनमा लोकतन्त्रको समर्थनमा ब्यानर प्रदर्शन गर्ने पक्राउ


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोकतन्त्रको समर्थनमा ब्यानर प्रदर्शन गर्ने एक जना युवालाई चीनमा पक्राउ गरिएको छ । चीनको चेङ्दु शहरमा ब्यानर प्रदर्शन गरेको भन्दै प्रहरीले २७ वर्षीय मेई शिलिनलाई पक्राउ गरेको हो ।

रेडियो फ्रि एशियाका अनुसार ‘राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याएको’ आरोपमा उनलाई पक्राउ गरिएको हो । विदेशमा उनको कुनै सम्बन्ध छ कि भनेर अनुसन्धान अघि बढाइएको छ ।

उनले चेङ्दुको चादिआन्जी बस पार्कनजिकै रहेको पुलमा तीन वटा ब्यानर प्रदर्शन गरेको जनाइएको छ । सिचुवान प्रान्तको मुचुवान काउन्टीमा बसोबास गर्ने मेइ विगत १० दिनदेखि बेपत्ता थिए ।

उनले प्रदर्शन गरेको ब्यानरमा ‘राजनीतिक सुधारबिना राष्ट्रिय पुनर्जागरण सम्भव छैन’, ‘निरंकुश शक्ति भएको राजनीतिक पार्टी जनतालाई चाहिँदैन’ र ‘चीनलाई कसैले दिशा निर्देश दिनुपर्दैन, लोकतन्त्र नै अबको दिशा हो’ उल्लेख गरिएको थियो । चीनमा बेलाबेला यस्ता प्रदर्शन हुने गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  २ : १४ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र