आतंककारी आक्रमणपछि पनि पहलगाममा पर्यटकको चहलपहल « Khabarhub

आतंककारी आक्रमणपछि पनि पहलगाममा पर्यटकको चहलपहल


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरको पहलगाम क्षेत्रमा भएको आतंककारी आक्रमणमा एक जना नेपालीसहित २७ जना पर्यटकले ज्यान गुमाए । पहलगाम आक्रमणसँगै कश्मीरमा पर्यटकको चहलपहल उल्लेख्य रुपमा घटेको छ ।

तैपनि केही पर्यटक भने सुरक्षा संवेदनशीलताका बावजुद अझै पनि कश्मीर भ्रमणमा गइरहेका छन् । अहिले पनि कतिपय पर्यटक कश्मीर भ्रमणमा गइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा कश्मीरस्थित श्री गौरीशंकर मन्दिर भ्रमणमा गएकी पर्यटक मिठु मौलिकले कश्मीरको सुन्दरताबाट आफू प्रभावित भएको बताएकी छिन् । घुम्न आउनुअघि आफूलाई डर लागेको भएपनि आइसकेपछि भने आफूले राम्रो समय व्यतित गरिरहेको उनले उल्लेख गरेकी छिन् ।

अहमदावादबाट पहलगाम घुम्न गएका केवल पटेलले पनि ‘मिनी स्विट्जरल्याण्ड’ घुम्न पाउँदा आफूलाई खुशी लागेको प्रतिक्रिया दिएका छन् । आक्रमणपछि सुरक्षा व्यवस्था अझ कडा भएकाले आफूलाई कुनै डर नलागेको उनले एएनआईलाई बताएका छन् ।

पश्चिम बंगालबाट पहलगाम पुगेकी अर्की पर्यटक मौमिता साहले पनि पहलगाम घुम्दा आफूलाई आनन्द लागिरहेको प्रतिक्रिया दिएकी छिन् । उनले भनिन्, ‘यहाँ पूरा सुरक्षा छ, सैनिकहरु तैनाथ छन् । तरपनि केही ठाउँ भने बन्द रहेछन् । यहाँ कुनै हिंसा छैन ।’

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  २ : ३२ बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि