कृषि सामग्री कम्पनीमा असारसम्म पुग्ने मल मौज्दात, कास्कीका किसान ढुक्क « Khabarhub

कृषि सामग्री कम्पनीमा असारसम्म पुग्ने मल मौज्दात, कास्कीका किसान ढुक्क


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कास्की– कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराको पार्दीस्थित गोदाममा यसवर्ष असारसम्म पुग्ने मल मौज्दात रहेको जनाएको छ । विगतमा जस्तो यस वर्ष मल अभाव नहुने कार्यालयको भनाइ छ । यो वर्ष कास्कीका किसानले रासायनिक मल अभाव भोग्न नपर्ने कार्यालयका प्रमुख प्रबन्धक ठाकुरप्रसाद बास्तोलाले बताए ।

हाल पार्दीस्थित गोदाममा युरिया ५४८ मेक्ट्रिक टन, डिएपी ११६ मेक्ट्रिक टन र पोटास ३.५ मेक्ट्रिक टन मौज्दात रहेकाले मल अभाव नहुने प्रबन्धक बास्तोलाले जानकारी दिए । कम्पनीले स्थानीय तहको सिफारिसअनुसार कृषि सहकारीमार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आएको छ ।

सहकारीले वितरण गर्ने रासायनिक मलको मूल्य निर्धारण स्थानीय निकायले गर्दै आएका छन् । किसानले पोखरा महानगरपालिकाभित्र युरिया रु २१.५, डिएपी रु ५०.५ र पोटास ३८.५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । पोखराबाहिरको हकमा भने ढुवानीवापत दुईदेखि तीन रुपैयाँ बढी मूल्य लिन सकिने व्यवस्था छ ।

कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपलिकाका ३३ वटा वडा र चार वटा गाउँपालिकामा कूल ८० वटा कृषि सहकारीले किसानलाई रासायनिक मल वितरण गर्दै आएका छन् । रासायनिक मल बिक्री गर्न सहकारीले स्थानीय निकायको सिफारिसमा कृषि सामग्री कम्पनीमा मल बिक्रीका लागि २५ हजार रुपैयाँ धरौटी राखेर अनुमति लिनुपर्ने हुन्छ ।

कास्कीमा मल बिक्री गर्न एक हजारभन्दा बढी सहकारीको आवेदन फरेको बास्तोलाले बताए । रासायनिक मल वितरण निर्देशिकाअनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहन्छ । समितिको प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहने व्यवस्था छ । समितिलाई बिक्री मूल्य निर्धारण, डिलर सिफारिस, बाँडफाँट, सुपरीवेक्षण तथा निरीक्षण र कारबाही तथा खारेजी गर्नसक्ने अधिकार र जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ४ : २६ बजे

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अफगानिस्तानमा मानव तस्करीको प्रयासबाट १२७ जनाको उद्धार

एजेन्सी– अफगानिस्तानको पश्चिमी निमरोज प्रान्तमा प्रहरीले मानव तस्करीको प्रयासबाट १२७

विराटनगरका रसेल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स