कृषि सामग्री कम्पनीमा असारसम्म पुग्ने मल मौज्दात, कास्कीका किसान ढुक्क « Khabarhub

कृषि सामग्री कम्पनीमा असारसम्म पुग्ने मल मौज्दात, कास्कीका किसान ढुक्क


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कास्की– कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालय पोखराको पार्दीस्थित गोदाममा यसवर्ष असारसम्म पुग्ने मल मौज्दात रहेको जनाएको छ । विगतमा जस्तो यस वर्ष मल अभाव नहुने कार्यालयको भनाइ छ । यो वर्ष कास्कीका किसानले रासायनिक मल अभाव भोग्न नपर्ने कार्यालयका प्रमुख प्रबन्धक ठाकुरप्रसाद बास्तोलाले बताए ।

हाल पार्दीस्थित गोदाममा युरिया ५४८ मेक्ट्रिक टन, डिएपी ११६ मेक्ट्रिक टन र पोटास ३.५ मेक्ट्रिक टन मौज्दात रहेकाले मल अभाव नहुने प्रबन्धक बास्तोलाले जानकारी दिए । कम्पनीले स्थानीय तहको सिफारिसअनुसार कृषि सहकारीमार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आएको छ ।

सहकारीले वितरण गर्ने रासायनिक मलको मूल्य निर्धारण स्थानीय निकायले गर्दै आएका छन् । किसानले पोखरा महानगरपालिकाभित्र युरिया रु २१.५, डिएपी रु ५०.५ र पोटास ३८.५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । पोखराबाहिरको हकमा भने ढुवानीवापत दुईदेखि तीन रुपैयाँ बढी मूल्य लिन सकिने व्यवस्था छ ।

कास्की जिल्लाअन्तर्गत पोखरा महानगरपलिकाका ३३ वटा वडा र चार वटा गाउँपालिकामा कूल ८० वटा कृषि सहकारीले किसानलाई रासायनिक मल वितरण गर्दै आएका छन् । रासायनिक मल बिक्री गर्न सहकारीले स्थानीय निकायको सिफारिसमा कृषि सामग्री कम्पनीमा मल बिक्रीका लागि २५ हजार रुपैयाँ धरौटी राखेर अनुमति लिनुपर्ने हुन्छ ।

कास्कीमा मल बिक्री गर्न एक हजारभन्दा बढी सहकारीको आवेदन फरेको बास्तोलाले बताए । रासायनिक मल वितरण निर्देशिकाअनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा तीन सदस्य समिति रहन्छ । समितिको प्रमुख प्रशासकीय अधिकृत र सदस्य सचिवमा कृषि शाखा प्रमुख रहने व्यवस्था छ । समितिलाई बिक्री मूल्य निर्धारण, डिलर सिफारिस, बाँडफाँट, सुपरीवेक्षण तथा निरीक्षण र कारबाही तथा खारेजी गर्नसक्ने अधिकार र जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ४ : २६ बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त