नीति तथा कार्यक्रम एमालेमय भयो : जीवन परियार « Khabarhub

नीति तथा कार्यक्रम एमालेमय भयो : जीवन परियार


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले गठबन्धन सरकारको नीति तथा कार्यक्रम नेकपा एमालेमय भएको टिप्पणी गरेका छन् । 

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी दलको बैठकमा उनले सरकारको नीति तथा कार्यक्रम एमालेमय भएको टिप्पणी गरेका हुन् । 

कांग्रेस–एमाले गठबन्धनको सरकार भए पनि नीति तथा कार्यक्रममा एमालेको नारा बोकेर कांग्रेसले अघि सारेका परियोजना छाडेको भन्दै आपत्ति जनाए ।
 
‘समृद्ध नेपाल, सुखी नेपाली भन्ने नेकपा एमालेको नारा बोकियो, नीति तथा कार्यक्रममा बोलियो,’ सहमहामन्त्री परियारको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले खबरहबसँग भने, ‘कांग्रेसले प्रस्ताव गरेका, अघि सारेका परियोजना छाडिएको छ । नीति तथा कार्यक्रम एमालेको भयो ।’

सहमहामन्त्री परियारले एमालेका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले कांग्रेसलाई वेवास्ता गरेको पनि आरोप लगाए ।

‘राजनीतिक नियुक्तिमा पार्टीलाई धेरै अप्ठेरो पारेको छ । सरकारका सबै मन्त्रीहरू राखेर बैठक राख्नु पर्छ,’ परियारको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘नेकपा एमालेका मन्त्रीहरूसँग समन्वय छैन । उहाँहरूले कांग्रेसलाई कम्पिलिट्ली इग्नोर गर्नु भएको छ ।’

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ३४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ