मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर « Khabarhub

मौसम पूर्वानुमानमा नयाँ उपलब्धि : चीनले सार्वजनिक गर्‍यो उपग्रह तस्बिर


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीन मौसम विज्ञान प्रशासनले शनिबार ‘फेंग्युन–४सी’ उपग्रहबाट प्राप्त पहिलो अवलोकन तस्बिरहरू सार्वजनिक गरेको छ । यसले सूर्यदेखि पृथ्वीसम्मको वास्तविक–समय अनुगमन गर्ने चीनको स्वतन्त्र क्षमतालाई प्रदर्शन गरेको बताइएको छ ।

प्रशासनका एक अधिकारीका अनुसार उपग्रहमा जडित छ वटा उपकरणहरू सबै अन्तर्राष्ट्रिय स्तरका उन्नत प्रविधिमा आधारित छन् । सार्वजनिक गरिएका तस्बिरहरूले मौसम अनुगमन, वायुमण्डलीय अध्ययन, चट्याङ पत्ता लगाउने, आयनमण्डल अवलोकन तथा सौर गतिविधि निगरानीमा यसको व्यापक क्षमता देखाएका छन् ।

यी उपलब्धिले मौसम पूर्वानुमान सुधार र अन्तरिक्ष मौसमसम्बन्धी पूर्वसूचना प्रणालीलाई अझ सुदृढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । गत वर्ष डिसेम्बर २७ मा सिचुआन प्रान्तस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको फेंग्युन–४सी हाल विश्वकै सबैभन्दा सक्षम भूस्थिर मौसम उपग्रहमध्ये एक मानिन्छ ।

यस उपग्रहले साना तथा मध्यम स्तरका मौसमी प्रणालीहरूको निगरानी र पूर्वचेतावनी क्षमतामा उल्लेखनीय सुधार ल्याउनेछ । साथै, अन्तरिक्ष मौसमका स्रोतहरूको अनुगमनमा पनि यसको भूमिका महत्वपूर्ण हुने र मौसमजन्य विपद् न्यूनीकरणमा अग्रपंक्तिको सुरक्षा प्रणालीका रूपमा काम गर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ३ : ३८ बजे

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

किम्रुङ खोलाको बहाव रोकिएपछि कास्की र पर्वतमा उच्च सतर्कता : कस्तो छ जोखिम ?

काठमाडौँ – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाव एक्कासि

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर