उपचारका लागि मुम्बई पुगेका अछामका वडासदस्य बेपत्ता « Khabarhub

उपचारका लागि मुम्बई पुगेका अछामका वडासदस्य बेपत्ता


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

धनगढी– अछाम चौरपाटी गाउँपालिका-४ पायलका वडा सदस्य दीपेन्द्र बहादुर बोहरा भारतमा सम्पर्कविहीन भएका छन् । गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदका अनुसार विगत चार दिनदेखि भारतको मुम्बईबाट बेपत्ता भएका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि उनी उपचारको लागि मुम्बई पुगेका थिए। बोहराले मुम्बईस्थित कोपर खन्ना स्टेसन नजिकैको सेक्टर नम्बर १९ मा आफन्तको घरमा बस्दै उपचार गराइरहेका थिए ।

 वैशाख १६ गते घुम्न जाने भन्दै घरबाट निस्केदेखि अहिलेसम्म उनी सम्पर्कमा नरहेको गाउँपालिका अध्यक्ष साउदले जानकारी दिए। पालिकाले एक सूचना जारी गर्दा बोहोरा हराएको भन्दै खोजी सुरु गरिएको समेत जनाएको छ । अन्दाजी ४०-४२ वर्षका बोहोराबारे वैशाख १९ गते जारी सूचनामा जनाइएअनुसार वैशाख १६ गतेदेखि बेपत्ता भएका हुन् ।

बोहराको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी नआएको भन्दै अध्यक्ष साउदले खोजी तथा उद्धार कार्यमा जुट्न सम्पूर्ण आफन्तजन, सञ्चारकर्मी, सामाजिक संस्था तथा सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।बोहोराको बेपत्ता भएको विषयमा परराष्ट्र मन्त्रालयमा पनि जानकारी गराइसकेको उनले बताए। नेपाली कांग्रेसबाट वडासदस्यमा निर्वाचित बोहोरा न्यायिक समिति सदस्य पनि हुन् ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ५ : ४२ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह