हवाई उद्यमी वीरेन्द्रबहादुर बस्नेतको 'बाइ द बुक' सार्वजनिक | Khabarhub Khabarhub

हवाई उद्यमी वीरेन्द्रबहादुर बस्नेतको ‘बाइ द बुक’ सार्वजनिक


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हवाई उद्यमी एवं बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाइ द बुक’ सार्वजनिक भएको छ । स्थापनाको झण्डै २८ वर्षको अवधिमा बुद्ध एयरले हासिल गरेका सफलता र व्यवस्थापकीय पाटोका विभिन्न आयामलाई पुस्तकमा समावेश गरिएका छन् । 

आज ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच कर्मचारी सञ्चय कोषका तत्कालीन प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शमशेर जबराले संयुक्त रूपमा पुस्तक विमोचन गरे। 

त्यस अवसरमा तत्कालीन प्रमुख प्रशासक श्रेष्ठले सफल व्यवस्थापन र गुणस्तरीय सेवाको नमुना संस्थाका रूपमा स्थापित बुद्ध एयर सबैका लागि प्रेरणादायी भएको बताए। हाल देशकै अग्रणी हवाई कम्पनीका रुपमा स्थापित बुद्ध एयरको सुरुआती सञ्चालनमा वित्तीय स्रोतको भूमिका निर्वाह गर्ने अवसर पाउनु आफ्ना लागि पनि महत्वपूर्ण अवसर भएको उनले उल्लेख गरे । 

हिमालयन बैंकका सिइओ जबराले हवाई उद्योगको नमुना संस्थाका रूपमा रहेको बुद्धएयरसँग आर्थिक साझेदारी गर्न पाउनु आफ्ना लागि पनि गौरवको विषय भएको बताए ।
     
लेखक बस्नेतले नयाँ आउने उद्यमीलाई केही सिक्ने अवसर मिलोस् भनेर पुस्तक लेखेको बताए। बस्नेतले आमनेपाली उद्योग व्यवसाय र व्यवस्थापनमा लागेकाहरूका लागि पुस्तक केही सिक्ने सन्दर्भ सामग्रीका रूपमा हुने विश्वास व्यक्त गरे।

सन् १९९७ मा ४ जनाबाट सुरु भएको बुद्ध एयरमा हाल एक हजार ५०० भन्दा बढीले रोजगारी दिएका छन् । बीचक्राफ्ट १९०० डी र सी जहाजबाट सेवा सुरु गरेको बुद्धएयरले एटिआर–४२ हुँदै हाल एटिआर–७२ जहाजमार्फत सेवा दिइरहेको छ । 

बुद्धएयरसँग हाल १८ थान एटिआर जहाज रहेका र देशका ४० भन्दाबढी हवाई गन्तव्यमा उडान गरी हालसम्म दुई करोडभन्दा बढीलाई हवाई सेवा दिइसकेको त्यस अवसरमा जानकारी दिइयो । 

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  ७ : १९ बजे

वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति पत्र प्रदान

काठमाडौं–  वेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी लिमिटेडद्वारा कर्णाली नदीमा निर्माणाधीन ४३९

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

भद्रपुर– झापाको दमक नगरपालिका–३ सङ्गम चोकमा आइतबार सवारी दुर्घटनामा एक

जिल्ला अदालत काठमाडौंमा पाँच वर्षमा दोब्बर मुद्दा

काठमाडौं– जिल्ला अदालत काठमाडौँमा प्रत्येक वर्ष मुद्दाको चाप बढ्दै गएको छ

वन्दना मिश्रको ‘कविताको अन्नप्राशन’ सार्वजनिक

काठमाडौं– प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आइतबार

गृहमन्त्री लेखकद्वारा ट्राफिक सचेतना कक्षा शुभारम्भ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको बीचमा लोकप्रिय संस्थाका