डिभीको रिजल्ट सार्वजनिक, यसरी हेर्नुस् « Khabarhub

डिभीको रिजल्ट सार्वजनिक, यसरी हेर्नुस्


२० बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले विश्वका विभिन्न देशका नागरिक आफ्नो मुलुकमा भित्र्याउन सञ्चालन गर्ने डाइर्भसिटी भिसा (डिभी)को नतिजा सार्वजनिक भएको छ ।

वर्ष सन् २०२६ का लागि आवेदन भरेकाको नतिजा सार्वजनिक भएको हो । नतिजा हेर्नका लागि यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ । त्यसका लागि डिभी भर्दा लिइएको कन्फर्मेसन नम्बर आवश्यक पर्दछ।

के हो अमेरिकी डिभी ?

खासमा अमेरिकातर्फ कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुवात गरिएको हो । यसअनुसार हरेक वर्ष विभिन्न मुलुकका आवेदकलाई दामाशाहीबाट छान्ने गरिन्छ। डिभी चिठ्ठा दामाशाहीबाट छानिने भएकाले डिभी पर्ने नपर्ने निश्चित भने हुँदैन ।

हरेक वर्ष अमेरिकाले डिभी चिठ्ठा भर्ने अनलाइन फाराम खुला गर्ने गर्छ । यसअनुसार हरेक वर्ष १ करोड देखि २ करोडसम्मले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एशियालीहरुको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १० : २४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने