कोलोराडो घटना : अभियोग पुष्टि भए ३८४ वर्ष जेल « Khabarhub

कोलोराडो घटना : अभियोग पुष्टि भए ३८४ वर्ष जेल


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

कोलोराडो – अमेरिकाको कोलोराडोमा भएको आक्रमणका शङ्कास्पद व्यक्तिलाई १६ वटा मुद्दा लगाइएको छ। घटना भएको काउन्टीका अभियोजक माइकल डोभर्टीका अनुसार यो आरोप पुष्टि भएमा ३८४ वर्ष जेल सजाय हुनेछ। उनले आगो बल्ने पदार्थ फ्याकेका थिए। उनले यहुदीहरूलाई नै निसाना बनाएर आक्रमण गरेका हुन्। उनलाई घृणा सम्बन्धी मुद्दा पनि चलाइएको छ।

‘ फ्रि ’ प्यालेस्टाइन भन्दै चिच्याएर आगो लगाउने प्रयास गरेका उनलाई आगोजन्य पदार्थको प्रयोग सम्बन्धी मुद्दा दर्ता गरिएको छ।

इजिप्टमा जन्मिएका आरोपी मोहम्मद साब्री सुलेमानले अमेरिका जानु अघि १७ वर्ष कुवेतमा बिताएका थिए। सुरुमा उनी सन् २००५ मा अमेरिका जाने प्रयास गरेका थिए। उनको प्रयास सफल भएको थिएन।

सन् २०२२ को अगस्टमा उनी अमेरिका पुगेका थिए। सन् २०२३ मा उनले त्यहीँ काम गर्ने अधिकारसहित भिसा थपिएको थियो। उनको गएको मार्चदेखि त्यहाँ बस्ने अधिकार सकिएको थियो।

JPG converted with https://ezgif.com/webp-to-jpg

उनको आक्रमणमा १२ जना घाइते भएका थिए। उनले यसका लागि एक वर्षदेखि योजना बनाएको समेत बताए। उनले सम्पूर्ण यहुदीहरूलाई मार्न खोजेको आरोप लगाए। उनले युट्युबमा भिडियो हेरेर आगो लगाउने यस्ता उपकरण बनाउन सिकेका थिए।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ९ : ०६ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी