चन्द्र पन्तको फिल्म ‘आबाट आमा’मा पल शाह « Khabarhub

चन्द्र पन्तको फिल्म ‘आबाट आमा’मा पल शाह


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्र पन्तको लेखन र निर्देशनमा बन्न लागेको फिल्म ‘आबाट आमा’मा नायक पल शाह अनुबन्ध भएका हुन् । निर्माण पक्षले उनीसँग कागजी सम्झौता भएको मंगलबार सार्वजनिक गरेको हो ।

अनुबन्धपछि पलले यो फिल्म छायाङ्कनमा उत्साहित देखिएका छन् । उनले निर्देशक पन्तलाई चाँडै छायाङ्कनमा निस्कन आग्रह समेत गरे ।

उनी भन्छन्, ‘स्क्रिप्ट एकदमै इमोसनल छ । म चाँडै यो फिल्मको छायाङ्कन होस् भन्ने चाहान्छु ।’

आफूले गरेको सबैभन्दा इमोसनल फिल्म यही हुनेमा पल आशावादी छन् । भन्छन्, ‘हामीले यसको स्क्रिप्ट दुई–तीन पटक सुन्यौं । सुन्ने र सुनाउने सबै मान्छे इमोसनल भएका थियौं । यो पक्कै राम्रो फिल्म हुनेछ ।’

यस फिल्ममा अनुबन्ध हुने पल दोस्रो कलाकार हुन् । यसअघि नै नायिका विपना थापा अनुबन्ध भएकी थिइन् । निर्देशक पन्तका अनुसार अन्य कलाकार चयनको काम भने बाँकी रहेको छ ।

चन्द्र पन्तले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू गरेका हुन् । भारतीय कलाकारहरुलाई समेत त्यस फिल्ममा अभिनय गराएका कारण उनी चर्चामा आएका थिए ।

यो फिल्मको प्रदर्शन मिति फागुन १५ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १२ : २७ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ