चन्द्र पन्तको फिल्म ‘आबाट आमा’मा पल शाह « Khabarhub

चन्द्र पन्तको फिल्म ‘आबाट आमा’मा पल शाह


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्र पन्तको लेखन र निर्देशनमा बन्न लागेको फिल्म ‘आबाट आमा’मा नायक पल शाह अनुबन्ध भएका हुन् । निर्माण पक्षले उनीसँग कागजी सम्झौता भएको मंगलबार सार्वजनिक गरेको हो ।

अनुबन्धपछि पलले यो फिल्म छायाङ्कनमा उत्साहित देखिएका छन् । उनले निर्देशक पन्तलाई चाँडै छायाङ्कनमा निस्कन आग्रह समेत गरे ।

उनी भन्छन्, ‘स्क्रिप्ट एकदमै इमोसनल छ । म चाँडै यो फिल्मको छायाङ्कन होस् भन्ने चाहान्छु ।’

आफूले गरेको सबैभन्दा इमोसनल फिल्म यही हुनेमा पल आशावादी छन् । भन्छन्, ‘हामीले यसको स्क्रिप्ट दुई–तीन पटक सुन्यौं । सुन्ने र सुनाउने सबै मान्छे इमोसनल भएका थियौं । यो पक्कै राम्रो फिल्म हुनेछ ।’

यस फिल्ममा अनुबन्ध हुने पल दोस्रो कलाकार हुन् । यसअघि नै नायिका विपना थापा अनुबन्ध भएकी थिइन् । निर्देशक पन्तका अनुसार अन्य कलाकार चयनको काम भने बाँकी रहेको छ ।

चन्द्र पन्तले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’बाट निर्देशनमा डेब्यू गरेका हुन् । भारतीय कलाकारहरुलाई समेत त्यस फिल्ममा अभिनय गराएका कारण उनी चर्चामा आएका थिए ।

यो फिल्मको प्रदर्शन मिति फागुन १५ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १२ : २७ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्