बाढी र पहिरोका कारण पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरणमा तयारी गर्न सरकारलाई निर्देशन « Khabarhub

बाढी र पहिरोका कारण पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरणमा तयारी गर्न सरकारलाई निर्देशन


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले बाढी र पहिरोका कारण पूर्वाधारहरूमा हुन सक्ने क्षति न्यूनीकरणका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले यसवर्ष भारी वर्षाका कारण केही स्थानमा ठूलो धनजनको क्षति हुने आकंलन गरिएकाले त्यस्ता क्षेत्रमा पूर्वाधारहरूमा हुन सक्ने क्षति न्यूनीकरण गर्नका लागि तयारी गर्न निर्देशन दिएको हो ।

बैठकमा उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले यसअघिको प्राकृतिक प्रकोपबाट भएको क्षतिबाट पाठ सिक्दै यसवर्ष क्षति हुन नदिनका लागि आवश्यक तयारी भइरहेको बताए । बागमती नदीबाट आसपासका बस्तीमा क्षति हुन नदिनका लागि पनि तयारी गरिएको उनले जानकारी दिए । 

सिंहले स्थानीय सडक, पुल र बेलीब्रिज लगायत पूर्वाधारमा क्षति हुन नदिने र क्षति भइहाले तत्काल निर्माण गर्नका लागि मन्त्रालय लागेको धारणा राखे । 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बर्षातको समयमा देशभर रहेको सडक सञ्जाल सहजरुपमा सञ्चालन हुने वातावरण बनाउन पूर्व तयारी थालिएको बताए । 

उनले एक आर्थिक वर्षमा प्रस्ताव गरिएका आयोजना पुरा नहुँदा अर्को वर्ष नयाँ आयोजना प्रस्ताव गर्दा पहिलेका आयोजना अलपत्र पर्ने गरेको बताए । 

गत वर्षको बाढीका कारण काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाहरू बन्द हुने अवस्थामा पुगेको भन्दै मन्त्री दाहालले यस वर्ष त्यस्तो अवस्था दोहरिन नदिन विभिन्न विकल्पमाथि छलफल भइरहेको उल्लेख गरे । 

उनले नागढुङ्गा बाटोको विकल्पको रूपमा सितापाइला धार्के सडकलाई प्राथमिकता दिएर बनाइरहे पनि केही जोखिम रहेको बताए । बैठकमा समिति सदस्यहरूले बर्सातमा समयमा पूर्वाधारमा हुने क्षति न्यूनीकरणका साथै क्षति भइहाले वैकल्पिक व्यवस्थाका लागि तयार हुनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै