बाढी र पहिरोका कारण पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरणमा तयारी गर्न सरकारलाई निर्देशन « Khabarhub

बाढी र पहिरोका कारण पूर्वाधारमा हुन सक्ने क्षति न्यूनीकरणमा तयारी गर्न सरकारलाई निर्देशन


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले बाढी र पहिरोका कारण पूर्वाधारहरूमा हुन सक्ने क्षति न्यूनीकरणका लागि तयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले यसवर्ष भारी वर्षाका कारण केही स्थानमा ठूलो धनजनको क्षति हुने आकंलन गरिएकाले त्यस्ता क्षेत्रमा पूर्वाधारहरूमा हुन सक्ने क्षति न्यूनीकरण गर्नका लागि तयारी गर्न निर्देशन दिएको हो ।

बैठकमा उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले यसअघिको प्राकृतिक प्रकोपबाट भएको क्षतिबाट पाठ सिक्दै यसवर्ष क्षति हुन नदिनका लागि आवश्यक तयारी भइरहेको बताए । बागमती नदीबाट आसपासका बस्तीमा क्षति हुन नदिनका लागि पनि तयारी गरिएको उनले जानकारी दिए । 

सिंहले स्थानीय सडक, पुल र बेलीब्रिज लगायत पूर्वाधारमा क्षति हुन नदिने र क्षति भइहाले तत्काल निर्माण गर्नका लागि मन्त्रालय लागेको धारणा राखे । 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बर्षातको समयमा देशभर रहेको सडक सञ्जाल सहजरुपमा सञ्चालन हुने वातावरण बनाउन पूर्व तयारी थालिएको बताए । 

उनले एक आर्थिक वर्षमा प्रस्ताव गरिएका आयोजना पुरा नहुँदा अर्को वर्ष नयाँ आयोजना प्रस्ताव गर्दा पहिलेका आयोजना अलपत्र पर्ने गरेको बताए । 

गत वर्षको बाढीका कारण काठमाडौं उपत्यकामा प्रवेश गर्ने सबै नाकाहरू बन्द हुने अवस्थामा पुगेको भन्दै मन्त्री दाहालले यस वर्ष त्यस्तो अवस्था दोहरिन नदिन विभिन्न विकल्पमाथि छलफल भइरहेको उल्लेख गरे । 

उनले नागढुङ्गा बाटोको विकल्पको रूपमा सितापाइला धार्के सडकलाई प्राथमिकता दिएर बनाइरहे पनि केही जोखिम रहेको बताए । बैठकमा समिति सदस्यहरूले बर्सातमा समयमा पूर्वाधारमा हुने क्षति न्यूनीकरणका साथै क्षति भइहाले वैकल्पिक व्यवस्थाका लागि तयार हुनुपर्ने सुझाव दिएका थिए । 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १ : २६ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल