भारतको असममा बाढीको प्रकोप : १२ जनाको मृत्यु, १२ सय बढी गाउँ डुबानमा « Khabarhub

भारतको असममा बाढीको प्रकोप : १२ जनाको मृत्यु, १२ सय बढी गाउँ डुबानमा


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको असम राज्यमा आएको बाढीमा परी २२ जिल्लाका १२५४ गाउँ डुबानमा परेका छन् ।

बाढीले सबैभन्दा बढी श्रीभूमि, कछार, हैलाकांडी, लमीमपुर र नगाउँ जिल्ला प्रभावित भएका छन् ।

असम राज्य आपदा प्रबंधन प्राधिकरणका एक अधिकारीलाई उद्धृत गर्दै बिबिसी हिन्दीले जनाए अनुसार गएको २४ घण्टामा बाढीबाट मृत्यु हुनेको सङ्ख्यामा २ जना थपिएका छन् ।

विगत चार दिनमा असममा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाढीको प्रकोपबारे असमका मुख्यमन्त्री हिमंत विश्वा शर्मासँग जानकारी लिएका छन् । कुराकानीमा उनले असमलाई आवश्यक सम्पूर्ण सहयोग गर्न भारत सरकार तयार रहेको प्रधानमन्त्री मोदीले आश्वासन दिएका छन् ।

असम राज्यमा हालसम्म २ लाख बढी जनसङ्ख्या बाढीका कारण प्रभावित भएको छ । ३२ हजार घरपरिवार घरवारविहीन भएका छन् । स्थानीय प्रशासनले बाढी प्रभावितलाई ३२२ स्थानमा शिविर स्थापना गरेको आपदा विभागले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार जोरहाटस्थित निमातीघाट, गोलाघाटमा ब्रह्मपुत्र र यसका सहायक नदीको जलस्तर खतराभन्दा माथि पुगेको छ । कयौं स्थानमा तटबन्ध फुटेको र दर्जनौं गाउँसँग सम्पर्कविच्छेद भएको रिपोर्टमा उल्लेख छ ।

विगत ५ दिनदेखि लगातार भइरहेको वर्षाले भारतीय उत्तरपूर्वी राज्यहरूमा बाढी र पहिरोका कयौं घटना सार्वजनिक भएका छन् ।

भारतको असमसँगै मिजोरम, मणिपुर, त्रिपुरा र अरुणाचल प्रदेशमा बाढीको प्रकोपका कारण जनधन र भौतिक संरचनाको क्षति भइरहेको छ । बाढीका कारण मिजोरममा विद्यालयहरू बन्द गरिएको बिबिसी हिन्दीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  १ : ३१ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि