बस्दै नबसी भोलिसम्मलाई सर्‍यो संसद् बैठक « Khabarhub

बस्दै नबसी भोलिसम्मलाई सर्‍यो संसद् बैठक


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक बस्दै नबसी बुधबारसम्मका लागि स्थगित भएको छ । दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको मंगलबारको बैठक बस्दै नबसी स्थगित भएको हो । 

सभामुख देवराज घिमिरेको सचिवालयले संसद् बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको जनाएको छ । यसअघि संसद् सचिवालयले सूचना टाँस गरेर दिउँसो २ बजेसम्मका लागि बैठकको समय सारेको थियो । 

मंगलबारबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा जेठ १५ गते पेस भएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची थियो । तर, विपक्षी दलहरू सहमतिमा नआएपछि बैठक बस्दै नबसी स्थगित भएको हो । 

उनीहरू भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई पक्राउ गरेपछि भिजिट भिसा प्रकरणमा लेखक मुछिएका छन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  २ : ४९ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच