पाकिस्तानमा टिकटक स्टारको हत्या « Khabarhub

पाकिस्तानमा टिकटक स्टारको हत्या


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा टिकटक स्टारको हत्या भएको पछिल्लो घटना सार्वजनिक भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादकी १७ वर्षीय टिकटक स्टार सना युसुफको गोली हानी हत्या भएको घटना स्थानीय प्रशासनमा दर्ता गरिएको छ ।

घटनाअनुसार सोमबार साँझ एक अज्ञात व्यक्तिले घरभित्र पसेर सनामाथि गोली प्रहार गरेको थियो । इस्लामाबादस्थित संबल प्रहरी थाना दर्ता भएको जाहेरीमा सनाकी आमाले आफ्नी छोरीमाथि दुई गोली प्रहार भएको उल्लेख गरेकी छन् ।
‘अज्ञात व्यक्ति सिँढीबाट तल भाग्यो, हामीले हारगुहार गर्न थालेपछि छिमेकी भेला भए । छिमेकीको गाडीमा छोरीलाई बसाएर अस्पताल लग्यौं तर मेरी छोरीले त्यस अघि नै संसार छोडिसेककी थिई ।’ सनाकी आमाले दर्ता गराएको जाहेरीमा उल्लेख छ । उनले जाहेरीमा श्रीमान् घरमा नभएको, उनी, उनका देवर र छोरी सना मात्र घरमा भएको उल्लेख गरेकी छन् ।

बिबिसीले अनुसार घटनाको अवस्था बुझ्न सनाको परिवारसँग सम्पर्क गरे पनि प्रतिक्रिया प्राप्त नभएको जनाएको छ ।

टिकटक स्टारको हत्या पहिलो होइन

स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले टिकटक स्टारको हत्याको घटना पहिलो नभएको उल्लेख गरको छ ।

गत वर्ष पाकिस्तानको पञ्जाबमा टिकटक स्टार इकरा आजमलाई उनकै आफन्तले हत्या गरेको घटना बाहिरिएको थियो ।

सना हत्या प्रकरणको अनुसन्धान गरेका प्रहरीका सई मनसबदारलाई उद्धृत गर्दै बिबिसीले मृतकको शव पाकिस्तानस्थित इन्स्टिच्युट अफ मेडिकल साइंसेज (पीआईएमएस) मा पोस्टमर्टम गरेपछि आफन्तलाई बुझाइएको छ ।

सना युसुफको हत्या अनुसन्धान गरिरहेका सई मनसबदाका अनुसार प्रहरीले घटनास्थलमा लगाइएको सीसीटिभी क्यामेराको फुटेज हात पारेको छ ।

शङ्कास्पद व्यक्ति घर प्रवेश गर्‍यो र सिधै सनाको कोठामा गयो

प्रहरी अधिकारीका अनुसार घटनामा देखिएका अभियुक्तका बारेमा निकै प्रमाणहरू प्राप्त भएको छ । अभियुक्तलाई चाँडै नै पक्राउ गर्ने प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार सनाको हत्या गर्नुभन्दा अघि अभियुक्तले उनको कोठा र घरको खानतलासी गरेको थियो । जब कोठामा सनाका आमाबुवा नभएको देखेपछि पेस्तोल निकालेर दुई गोली चलाएको थियो ।

घटनाका अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘संदिग्ध व्यक्ति घरमा पस्यो, सिधै सनाको कोठामा गयो र उनी बाहिर निस्कने बित्तिकै गोली चलाउन सुरु गर्‍यो ।’

प्रहरीका अधिकारीका अनुसार गोली लागेर घाइते भएकी सना ढल्ने बित्तिकै संदिग्ध व्यक्ति घटनास्थलबाट भागेको थियो ।
सना युसुफ खैबर पख्तुनख्वा प्रान्तस्थित चित्राल जिल्लाकी थिइन् । उनको परिवार केही समयदेखि इस्लामावादमा बस्दै आएका थिए ।

१७ वर्षीया उनको टिकटक एकाउन्टमा झण्डै साढे ८ लाख बढी फलोअर्स थिए । हिजैमात्र सनाले जन्मदिनको भिडियो उनको इंस्टाग्राम एकाउन्टमा शेयर गरिएको थियो । जसमा उनी आफ्ना साथीहरूसँग जन्मदिन मनाउँदै गरेको देखिएकी थिइन् ।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  २ : १६ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन