अस्पतालमा कार्यालय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएपछि…  « Khabarhub

अस्पतालमा कार्यालय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएपछि… 


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कालिकोट जिल्लाको सदरमुकाममा रहेको खाँडाचक्र नगरपालिका–३ स्थित ताडी आधारभुत स्वास्थ्य केन्द्रमा स्थानीयले ताला लगाएका छन् । सो स्वास्थ्य केन्द्र करिब दुई हप्तादेखि कर्मचारीविहीन छ । 

सोमबार खोकी लागेका र टाउको दुखेका बिरामी औषधि लिन जाँदा कार्यालय सहयोगीले आइरन चक्की वितरण गरेको भन्दै ताला लगाइएको हो । यसरी नागरिकको जीवनमा खेलवाड भएको स्थानीयको गुनासो छ  ।

कार्यालयमा समयमा नआउने, सरकारले निःशुल्क उपलब्ध गराएका औषधि पनि सेवाग्राहीलाई उपलब्ध नगराएको भन्दै स्थानीयले स्वास्थ्य संस्थामा ताला लगाएका हुन  ।

 कर्मचारीबाट विभिन्न समयमा पावर र पहुँच देखाउदै वडाका बिरामी नगरीलाई पटक-पटक थर्काउने, धम्काउने जस्ता क्रियाकलाप हुने गरेको स्थानियको आरोप छ ।

स्थानीय खगेन्द्र प्रसाद पाण्डेले भने, ‘सरकारले नि:शुल्क दिने भनिएका औषधि पनि पाएका छैनौं, उल्टै धम्की खानु परेको छ’ । 

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  २ : २४ बजे

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना