साझा सोच र संकल्पबाट नै दिगो सामुदायिक वन व्यवस्थापन सम्भव  : मन्त्री शाही « Khabarhub

साझा सोच र संकल्पबाट नै दिगो सामुदायिक वन व्यवस्थापन सम्भव  : मन्त्री शाही


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले साझा सोच, संकल्प, र जिम्मेवारीबाट नै दिगो सामुदायिक वन व्यवस्थापन सम्भव हुने बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको नवौँ परिषद्को उद्घाटन समारोहमा मन्त्री शाहीले सामूहिक संकल्प, समुदायको लगनशीलता, र स्थानीय नेतृत्वको सक्रियताले नै सामुदायिक वन व्यवस्थापनलाई प्रभावकारी बनाएको उल्लेख गरे।

मन्त्री शाहीले भने, ‘अब समय आएको छ, जहाँ हामी सामुदायिक वन व्यवस्थापनलाई नवीन सोच, प्रविधि, र दिगोपनको रणनीतिमा रूपान्तरण गर्न सक्छौँ । जहाँ वन पैदावारमा आधारित उद्यम विकास, बजार पहुँच र मूल्य श्रृङ्खला विस्तारमार्फत ग्रामीण क्षेत्रमा नयाँ रोजगारीका अवसर, स्थानीय आम्दानीको वृद्धि, र सामाजिक रूपान्तरण सम्भव छ ।’

सामुदायिक वनले दिने पारिस्थितिकीय सेवा पानी स्रोत संरक्षण, माटो संरक्षण, कार्बन भण्डारण आदिले केवल स्थानीय जीवनशैली मात्र होइन, वैश्विक जलवायु सन्तुलनमा पनि योगदान दिएको मन्त्री शाहीले उल्लेख गरे । रेड प्लसजस्ता अन्तर्राष्ट्रिय पहलमा सामुदायिक वन समूहको सहभागिता, कार्बन लाभ बाडफाँट र वातावरणीय न्यायका मुद्दा अब अग्रपङ्क्तिमा रहेको उनको भनाइ थियो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले सामुदायिक वनलाई हरित अर्थतन्त्रको मेरुदण्ड, दिगो विकासको रणनीतिक हिस्सा, र गौरवशाली नागरिक अभियानको रूपमा अघि बढाउन आफू कटिबद्ध रहेको उल्लेख गरे । 

महासङ्घका पूर्वअध्यक्ष हरिप्रसाद न्यौपाने, गणेश कार्की, घनश्याम पाण्डे, भारती पाठकलगायतले सामुदायिक वन व्यवस्थापनलाई संरक्षणमुखी दृष्टिकोणबाट मात्र नभई स्थानीय आवश्यकता, जीविकोपार्जन, र राष्ट्रियस्तरको उत्पादन सन्तुलन कायम राख्ने दिगो वन व्यवस्थापनलाई  प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  २ : ५६ बजे

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच