भिजिट भिसा प्रकरण संसद्को मात्रै हैन, जनताको विषय बनेको छ : सांसद दाहाल | Khabarhub Khabarhub

भिजिट भिसा प्रकरण संसद्को मात्रै हैन, जनताको विषय बनेको छ : सांसद दाहाल


२० जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भिजिट भिसामा अध्यागमन विभागमार्फत हुने मानव तस्करी प्रकरण पछिल्लो समय जनताको विषय बनेको बताएका छन् । 

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले  भिजिट भिसा प्रकरण संसद्को मात्रै विषय नभएको उल्लेख गरे ।
 
उनले भने, ‘भिजिट भिसामा अध्यागमन विभागमार्फत हुने मानव तस्करी प्रकरण पछिल्लो समय जनताको विषय बन्यो । संसद्को मात्रै विषय रहेन । राष्ट्रिय विषय बनेको छ, एउटा बहसको विषय बनेको छ । कमसेकम मानव तस्करीसँग जोडिएका पात्रहरू, प्रवृत्तिहरू श्रृखलावद्ध अपराधको जरा कहाँसम्म पुगेको छ, सबै खोजबिनका लागि कमसेकम छानबिन समिति गठन गर्नुपर्‍यो ।’

उनले उच्चस्तरीय छानबिन समिति अथवा संसदीय समिति गठन गरेर पत्ता लगाउनुपर्छ भनेर दुई मध्ये एउटा आवश्यक छ भन्ने सन्दर्भमा आफू पुगेकाे बताए ।
 
‘त्यसको निम्ति सबै दलको तर्फबाट बोल्ने, त्यसपछि माननीय गृहमन्त्रीजीले पनि बोल्ने, बोल्नुभन्दा अगाडि सरकारको तर्फबाट कमसेकम टीओआरसहित न्यायिक समिति वा संसदीय समिति बनाउने भन्ने प्रतिवद्धता आइसकेपछि सदनको अवरोध हटाउने भन्ने हाम्रो अन्डर स्ट्यान्डिङ हो’, उनले भने, ‘प्रतिपक्षी दलका बीचमा एउटा सहमति हो ।’

सत्तापक्ष अहिले पनि संसद् खोल्ने प्रक्रियामा अनिच्छुक देखिएकाे दहालको भनाइ छ । ‘सत्ता पक्ष जिम्मेवार बन्नुपर्ने तर जिम्मेवार बनेको हामीले अनुभूति गरेका छैनौँ । हामी आफैँ लचिलो भएर कमसेकम निकास खोज्दा पनि सरकार अनिच्छुक भएको अनुभुति हामीले अहिलेसम्म गर्न सक्छौँ । उनले भने, ‘अहिलेसम्म समस्याको समाधान भएको छैन । गत्यावरोध अन्त्य गर्ने प्रक्रियामा सरकार जिम्मेवार देखिँदैन ।’

प्रकाशित मिति : २० जेठ २०८२, मंगलबार  ३ : ३६ बजे

कैलाश मानसरोवर दूरदर्शन सुरु

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश

माओवादी पदाधिकारी बैठक जारी

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठक

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण गरिँदै

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

तनहुँ– तनहुँको घिरिङ गाउँपालिका– ४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब

क्रिकेट खेलाडीलाई प्रधानमन्त्री ओलीको बधाई 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय